
सोमवार , आश्विन ६, २०८२
भैरहवा, ६ असोज । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का किशोरकिशोरीहरुलाई भैरहवामा अभिमुखीकरण गरिएको छ । १८ वर्षमुनीका ३० जनालाई माइती नेपाल आवधिक गृह भैरहवाले अभिमुखीकरण गरेको हो । बाल यौन दुव्र्यहार तथा प्रजनन स्वास्थ्य र मानव बेचबिखनविरुद्धका बारेमा कानूनी विषयमा सहभागीलाई जानकारी गराइएको हो । माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्रीले प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष नारायण प्रसाद उपाध्यायले आत्मरक्षाका लागि सबै जागरुक हुनुपर्ने बताउनुभयो । उहाँले सबै बालबालिकाहरु सचेत र सजग हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बुद्ध शान्ति टोल सुधार समितिका अध्यक्ष गिरिजा प्रसाद मिश्र, सञ्चारकर्मी शंकर पाण्डे लगायतले बोल्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij