२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

जेन–जी आन्दोलन हाइज्याक गर्न खोजिएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण

आइतवार , आश्विन ५, २०८२

  • 316
    Shares
  • 316
    Shares
  • काठमाडौं, ५ असोज । जेन–जी आन्दोलनका घाइतेहरुले आन्दोलनलाई हाइज्यक गर्न खोजिएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

    गत भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा घाइते भएकाहरुले आईतवार सिंहदरबारमा गहमन्त्री ओमप्रकाश अर्याललाई भेट्दै आन्दोलनलाई हाइज्याक गर्न खोजिएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

    आन्दोलनका घाइतेहरुले आन्दोलनका शहीद र घाइतेहरुको अपमान हुने किसिमका गतिविधिहरु सह्य नहुने चेतावनी पनि दिए । जेनजीका विभिन्न समूहरुले वर्तमान परिस्थितिमा सरकार समक्ष आ–आफ्नै माग राखिरहेका छन् ।

    जसमा राजनीतिक दलमा आवद्ध युवाहरुले समेत जेनजी आन्दोलनको लाभ उठाउन लागेको भन्दै अर्को समूह आक्रोशित भएको छ । वास्तविक जेनजी पुस्ता आफूहरु रहेको भन्दै आन्दोलनबाट प्राप्त उपलब्धिमा रजाइँ गर्न नपाइने उनीहरुको चेतावनी छ ।