२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

पुनर्निर्माण प्रक्रिया शुरु गर्न सरकारलाई संसदीय समितिको ध्यानाकर्षण

आइतवार , आश्विन ५, २०८२

  • 298
    Shares
  • 298
    Shares
  • काठमाडौं, ५ असोज । जेन—जी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी संरचनाहरुको पुनर्निर्माण प्रक्रिया शुरु गर्न संसदीय समितिले सरकारलाई ध्यानाकर्षण गराएको छ ।

    राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आईतवार बसेको बैठकले उक्त ध्यानाकर्षण गराएको हो । समितिले संसद भवन, सिंहदरबार, राष्ट्रपतिको कार्यलय, सर्वोच्च अदालत लगायत दशभरका सरकारी, सार्वजानिक, निजी भवन तोडफोड र आगजानी भई खर्बौंको सम्पतिमा क्षति पुर्याउने कार्यको भत्र्सना समेत गरेको छ ।

    समितिले उक्त घटनाको शिघ्र छानविन गरी दोषिमाथी कारबाही गर्न र यथाशिघ्र पुनःनिर्माण प्रक्रिया शुरु गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गर्ने निर्णय गरेको समिति सभापति कमलादेवी पन्तले जानकारी दिनुभयो ।

    समितिले भदौ २३ र २४ गतेको असहज एवं कारुणिक घटनाक्रमप्रति गहिरो दुःख व्यक्त गरेको छ । समितिले साहदत प्राप्त युवाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइतेहरुको शिघ्र स्वास्थलाभको कामना र परिवारजनमा समवेदना प्रकट गरेको छ । 

    उहाँले भन्नुभयो, ‘मुलुकमा विकसित पछिल्लो खासगरी भाद्र २३ र २४ गतेको असहज एवं कारुणिक घटनाक्रमप्रति यो समिति गहिरो दुःख व्यक्त गर्दछ । जेनजी पुस्ताको प्रदर्शन क्रममा साहदत प्राप्त युवाहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ तथा सम्पूर्ण घाईतेहरुको शिघ्र स्वास्थलाभको कामना गर्दछ ।

    साथै परिवारका अमूल्य सदस्य गुमाएका सम्पूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । यसैक्रममा संसद भवन, सिंहदरबार, राष्ट्रपतिको कार्यलय, सर्वोच्च अदालत लगायत दशैभर सरकारी, सार्वजानिक, निजी भवन तोडफोड र आगजानी भई खर्बौंको सम्पतीमा क्षति पु¥याउने कार्यको घोर भत्र्सना गर्दछ । र शिघ्र छानविन गरी दोषिमाथी कारबाही गर्न र यथाशिघ्र पुनर्निर्माण प्रक्रिया शुरु गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गर्दछ ।’

    बैठकले समितिको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन परिमार्जनसहित पारित समेत गरेको छ ।