
आइतवार , आश्विन ५, २०८२
काठमाडौं, ५ असोज । उर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङसँग भारतीय राजदुत नविन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ ।
आईतवार बिहान सिंहदरबारस्थित मन्त्रालयमा राजदुत श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको हो । जेन जी पुस्ताको आन्दोलनपछि अन्तरिम सरकारको शक्तिशाली मन्त्री बन्नुभएका घिसिङलाई राजदुत श्रीवास्तवले बधाइ ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
भेटका क्रममा नेपालको उर्जा, यातायात, भौतिक पूर्वाधार, शहरी विकासका क्षेत्रमा भारतले सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपालको विकासका लागि भारतले सहयोग गर्दै आएको स्मरण गर्दै मन्त्री घिसिङले नेपालाई अहिले नेपालको शान्तिव्यवस्था, विकास र समृद्धिमा भारतको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij