शनिवार , आश्विन ४, २०८२
भैरहवा, ४ असोज । एकता महिला समूह सिद्धार्थनगर, रुपन्देहीको प्रथम साधारण सभा तथा अधिवेशन शुक्रबार भैरहवामा सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेशनले पुनः शकुन्तला अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संस्थाको वरिष्ठ उपाध्यक्षमा रेखा तुलाधार, उपाध्यक्षमा सुष्मा शर्मा, सचिवमा कमलेश शुक्ला, सह–सचिवमा वर्ष अर्याल, कोषाध्यक्षमा बिन्दु शर्मा र सह–कोषाध्यक्षमा सिमरन श्रेष्ठ रहनुभएको छ ।
त्यस्तै सदस्यहरूमा सुनिता सापकोटा, सरु पन्त, रुक्मणी गुप्ता, सुमन गुप्ता, लक्ष्मी पोखरेल, अनिता रायमाझी, सुखमाया गुरुङ, झन माया थापा, सुस्मिता अधिकारी र रिमा शाक्य रहेको निर्वाचन अधिकृत शैलेन्द्र तुलाधरले बताउनुभयो ।
शकुन्तला अधिकारीको अध्यक्षता तथा दुर्गा सामुदायिक सेवा केन्द्रका वरिष्ठ उपाध्यक्ष आनन्द न्यौपाने, स्वस्तिक महिला सहकारीकी संस्था लि.की अध्यक्ष लता पोखरेल, समाजसेवी चन्द्रबहादुर केसी, शैलेन्द्र तुलाधर, समाजसेवी दिनेश खनालको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । एकता महिला समूहकी उपाध्यक्ष सुष्मा शर्माले तथा सचिव रश्मी कोइरालाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रेखा तुलाधरले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
