
शुक्रवार , आश्विन ३, २०८२
काठमाडौं, ३ असोज । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ ।
असोज ३ गते नेपालमा संविधान दिवस मनाइन्छ । २०७२ सालको असोज ३ मा संविधान जारी भएसँगै हालसम्म असोज ३ गतेलाई संविधान दिवसको रुपमा मनाउने गरिएको छ । तर मधेसवादी राजनीतिक दल राष्ट्रिय मुक्ति क्रान्ति नेपालले भने काठमाडौंमा शिरमा कालोपट्टी बाँधेर विरोध जनाएको हो ।
मधेसीहरुमाथि गोली हानेर संविधान जारी गरिएकाले कालो दिवसको रुपमा मनाएको राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका नेता केशवले बताउनु भयो । अब संविधान संशोधन मात्रैले नपुग्ने भन्दै संविधान पुनःलेखन गर्नुपर्ने माग गर्नुभयो । संविधान अपुरो रहेसम्म आन्दोलन जारी रहने बताउनु भयो ।
उनीहरुले असोज ३ कालो दिन, ब्ल्याक डे लगायतका प्लेकार्ड बोकेर संविधानको विरोध गरेका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij