२०८२, आश्विन ३ गते

Sep 19 2025 | २०८२, आश्विन ३ गते

ध्वस्त संरचना पुनर्निर्माणमा जुट्न मन्त्री घिसिङको आह्वान

शुक्रवार , आश्विन ३, २०८२

  • 328
    Shares
  • 328
    Shares
  • काठमाडौं, ३ असोज । ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्र निर्माणमा अभियान जुट्न सबैलाई आह्वान गर्नुभएको छ ।

    जेन—जी आन्दोलनको क्रममा आगजनी, तोडफोड गरेर मुलुकका धेरै भौतिक संरचना ध्वस्त भएको उल्लेख गर्दै मन्त्री घिसिङले सबैलाई एकतावद्ध भएर पुनर्निर्माणको काममा केन्द्रित हुन आग्रह गर्नुभएको हो ।

    शुक्रवार नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको कार्यालयमा श्रमदान अभियानमा सहभागी हुनुभएका उहाँले पुनर्निर्माणको काममा देशविदेशमा रहेका सबै नेपालीहरुले सक्दो सहयोग गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

    सरकारले ध्वस्त संरचना निर्माणका लागि छुट्टै कोष खडा गरेर अघि बढेको उल्लेख गर्दै मन्त्री घिसिङले त्यसमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई सहयोगका लागि पनि आग्रह गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘संरचनाहरु धेरै ध्वस्त भएको छ । काठमाडांैमा मात्रै होइन, देशैभरी करिव ३ सय घरहरु ध्वस्त भएका छन् । पुलिसलगायत सुरक्षा निकायका संरचनाहरु ध्वस्त भएका छन ।

    हजार भन्दा बढि सवारी साधनहरु ध्वस्त भएका छन् । अब पहिला गर्नुपर्ने काम सरसफाई गरेर प्रयोगमा ल्याउनुपर्ने र पुनर्निर्माण गर्नुपर्ने काम एक, २ महिना भित्र सक्ने । अरु लामो समय लगाएर गर्नुपर्ने काम पनि शुरु गरिसकेका छौं ।

    यसमा सरकारले गर्ने काम गर्छ नै । यो विषयमा आम नागरिकले पनि गरोस् भनेर कोष खडा गरेका छौं । यसबारे क्याविनेटले निर्णय गरेर अघि बढेको छ । यसमा देशविदेशमा रहेका साथीहरुको रकम जम्मा गरेर र उहाँहरुले कसरी सहयोग गर्नुहुन्छ ? सबै सहयोगको अपेक्षा गरेका छौं ।

    भोलेन्टियर साथीहरुले पनि सहयोग गर्न शुरु गर्नुभएको छ । पूर्वाधारहरु क्षतिग्रस्त भएका छन् । देशभरी धैरै सरकारी संरचनाहरु ध्वस्त भएका छन् । जलेका छन । अब हामी यो पूर्वाधार नेपालको हाम्रो पुर्वाधारलाई हामी आफैँ बनाउनुपर्छ भन्ने महाअभियानका साथ यो भोलेन्टियर्स साथीहरुले जुन काम शुरु गर्नुभएको छ ।

    उहाँहरुको कामलाईं धेरैधेरै धन्यवाद छ । यो अभियान सरसफाई अभियान र पुनर्निर्माण अभियानलाई हामीले देशभर आजबाट हामीले शुरुवात गरेका छौं । सबै भोलेन्टियर्स साथीहरुलाई ठाउँठाउँमा सेक्टरवाईज आएर अगाडि बढ्नलाई म हार्दिक अनुरोध गर्दछु । यो देश बनाउने अभियान, देशको पुनर्निर्माणको जागरण अभियान पनि हो । र देश बनाउने अभियान पनि हो ।

    सबै साथीहरु संलग्न हुनका लागि हार्दिक अनुरोध गर्दछु । देशमा रहेका र विदेशमा रहेका सम्पूर्ण साथीहरुले यसमा एकतावद्ध भएर ऐक्यवद्धता जनाएर अघि बढ्न पनि हार्दिक अनुरोध गर्दछु । हाम्रा धेरै संरचनाहरु ध्वस्त भएका छन् । करिव डेढ २ खर्व भन्दा बढिको संरचनाहरु ध्वस्त भएका छन ।

    यी संरचनाहरुलाई हामी नेपालीहरुले नै श्रमदानबाट र आर्थिक सहयोग जुटाएर र नेपालीहरुले नै बनाउनु पर्छ भन्ने अभियानको रुपमा यसलाई लिएका छौं । र सरकारले एउटा पुनर्निर्माण कोष पनि खडा गरेको छ ।

    विदेशमा रहेका सम्पूर्ण साथीहरु, नेपालमा रहेका सम्पूर्ण साथीहरु विभिन्न क्षेत्रमा काम गर्ने साथीहरुले यो कोषमा आफूले सकेको आफ्नो इच्छा अनुसारको योगदान जति गर्न सकिन्छ ।

    त्यो गरेर देश विकासको यो महाअभियानमा यो पुनजागरणको अभियानमा सहभागी हुन म हार्दिक अनुरोध गर्दछु । विदेशमा रहेका साथीहरुको यसमा धेरै सहयोग रहनेछ भन्नेमा म एकदम आशावादी छु ।

    विभिन्न देशमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुको धेरै नै सहयोगको हामीले अपेक्षा गरेका छौं । र उहाँहरुका विषयमा पनि केही कुराहरु सरकारले एड्रेस गर्नेछ ।

    उहाँहरुको भोटिङ राईटदेखि लिएर नागरिकता विषय र भिसाका इस्यूहरुमा सम्बोधन गर्नुपर्छ भनेर त्यसतर्फ छलफल पनि गरिरहेका छौं । यो विषयमा हामी सबै नेपालीहरु एक भएर अब देश निर्माण तिर अगाडि बढनु पर्छ । अव देशमा धेरै नै गम्भिर परिस्थिति निर्माण भयो ।

    यो् गम्भिर परिस्थितिलाई अव सहजीकरणतिर अघि बढेर सबैको सहभागिता, सहयोग, सहकार्यमा सबै सहभागी भएर एक भएर अघि बढनु पर्छ । अव हामी विध्वंशतिर भन्दा पनि निर्माणतिर अगाडि बढ्नुपर्छ । सबैलाई एक भएर अघि बढ्न म सबैलाई आग्रह गर्दछु । आजको कार्यक्रम हामीले शुरु गरेका छौं ।

    यो सुरुवात हो । काठमाडौं मात्रै होइन, देशब्यापी रुपमा सबै जनजी पुस्ताका साथीहरु अव यो पुनर्निर्माण र पुनर्जागरण अभियानमा संलग्न हुन पनि म हार्दिक अनुरोध गर्दछु ।’

    त्यस अवसरमा मन्त्री घिसिङले ध्वस्त भएका संरचनाहरुको व्यवस्थापनको कामलाई तिब्रता दिने पनि बताउनु भयो ।