
शुक्रवार , आश्विन ३, २०८२
भैरहवा, ३ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ स्थित सि.बि.पब्लिक हाई स्कूलमा राष्ट्रिय शिक्षा दिवस–२०८२ मनाइएको छ । बिहीबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच दिवस मनाइएको हो ।
उक्त कार्यक्रममा शिक्षक गोबिन्द थापा मगरलाई ‘दीर्घकालीन सेवा सम्मानपत्र’ बाट सम्मान गरिएको थियो ।
विद्यालयमा वि.सं. २०५६ सालदेखि हालसम्म (२५ वर्ष) सेवा गरी शिक्षा क्षेत्रको विकासमा योगदान पुर्याएको भन्दै उहाँलाई सम्मान गरिएको थियो । उहाँलाई दोसल्ला ओढाएर ताम्रपत्र प्रदान गरी सम्मान गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि (प्रमुख वक्ता) प्याब्सनका निवर्तमान केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थीले शिक्षक गोबिन्द थापा मगरले योगदानको प्रशंसा गर्नुभयो । गोबिन्द सर जस्तो कर्मठ, निष्ठावान शिक्षकहरुले गर्दा निजी विद्यालयहरुले गर्व हुन लायक कार्यहरु गर्दै आएका छन्, ’उहाँले भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुनम क्षेत्री न्यौपानेको अध्यक्षता, उजलि कुमारी सोनीको स्वागत तथा विद्यालयका प्रिन्सिपल उदय कुमार मल्लिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij