२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदुतको शिष्टाचार भेट

बिहिवार , आश्विन २, २०८२

  • 280
    Shares
  • 280
    Shares
  • काठमाडौं, २ असोज । नेपालका लागि अमेरिकी राजदुत डिन आर.थम्पसन र नेपालका लागि चिनियाँ राजदुत छन सोङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचा भेटवार्ता गर्नुभएको छ ।

    बिहीवार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दुवै देशका राजदुतसँग प्रधानमन्त्री कार्कीले शिष्टाचार भेटवार्ता गर्नुभएको हो । जेन जी आन्दोलनपछि गठित अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग विभिन्न देशका राजदुतहरुले भेट गर्ने क्रम जारी छ ।

    यसअघि पनि भारतीय राजदुत नविन श्रीवास्तव लगायतले प्रधानमन्त्री कार्कीसँग भेट गर्नुभएको थियो । बिहीवार नै प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्नुभएको छ । सो क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकासका लागि भारत सधैँ सहयोग गर्ने बताउनु भयो ।

    नवनियुक्त प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदुतहरुले नेपालको वृहत्तर हितमा आफ्नो देशले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । साथै सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको छ ।