२०८३, जेठ ९ गते

May 23 2026 | २०८३, जेठ ९ गते

जनमतका वरिष्ठ उपाध्यक्षसहित ६ नेताले दिए राजीनामा

बिहिवार , आश्विन २, २०८२

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, २ असोज । जनमत पार्टीका वरिष्ठ उपाध्यक्षसहित ६ जना नेताले बिहीबार सामूहिक राजीनामा दिएका छन् । बुधबार उनीहरूले अध्यक्ष डा.सीके राउतलाई नेतृत्व छाड्न २४ घण्टे अल्टिमेटम दिएका थिए ।

    राजीनामा दिनेमा वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरत सिंह यादव, पार्टी निकट जनमत युवा संघका संयोजक संजय कुमार यादव, जनमत स्वास्थ्यकर्मी संघका केन्द्रीय संयोजक सि.के. सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य एवं केन्द्रीय सदस्य विक्रम बहादुर बम हुनुहुन्छ ।

    नेपालको विषम परिस्थितिलाई मध्यनजर गरी जनभावनाअनुरूप पार्टीको प्रमुख नेतृत्वलाई आत्मलोचना गरी नेतृत्व परिवर्तनको निम्ति अल्टिमेटमसहित मागेको राजीनामालाई अपहेलना गरी जेन्जी पुस्ताले बगाएका रगतको अपमान गरी उल्टै नेता कार्यकर्ताहरुलाई अंहकारको भाषामा आधिकारिक फेसबुकमार्फत धारणा सार्वजनिक गरिसकेपछि आफूहरुको ध्यानाकर्षण भएको नेताहरुको भनाइ छ । त्यसैलाई आधार मानी आजैको मितिदेखि साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा दिएको उहाँहरुको भनाइ छ ।

    आफूहरु कुनै प्रकारको पद स्वार्थको राजनीतिमा समेत सामेल नहुने नेताहरुको दावी छ । ‘जनभावना र नयाँ पुस्ताको चाहना अनुरुप उहाँहरुकै नेतृत्वमा हामी सामेल भइ सहयोग र सहकार्य गर्ने जनतासमक्ष प्रतिवद्धता समेत व्यक्त गर्दछौं, ’राजीनामा–पत्रमा उल्लेख छ ।