२०८२, आश्विन १ गते

Sep 17 2025 | २०८२, आश्विन १ गते

आन्दोलनका शहीदहरूको सम्झनामा दीप प्रज्वलन

बुधवार , आश्विन १, २०८२

  • 706
    Shares
  • 706
    Shares
  • बुटवल, १ असोज । जेनजी आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ अन्तर्गत जोन १८ र १९ को संयुक्त आयोजना तथा रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउन र रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सको समन्वयमा बुटवलको योगिकुटी चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा जोन १८ र १९ का जेडआरआर, डिष्ट्रिक्ट अफिसियलहरू, विभिन्न क्लबका अध्यक्षहरू, बोर्ड अफ डाइरेक्टर्स, पूर्वअध्यक्षहरू, रोट्रयाक्ट सदस्यहरूको उपस्थिति थियो । कार्यक्रमका सहभागीहरूले निधन भएका व्यक्तिहरुको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका थिए ।

    कार्यक्रममा सहभागीहरुले शहीदहरूको योगदानलाई बिर्सन नहुनेमा जोड दिँदै उनीहरूले देखाएको साहस, त्याग र बलिदान नयाँ पुस्ताका लागि मार्गदर्शन बन्नुपर्ने बताएका थिए । साथै युवाहरूले सेवा र नेतृत्वको भावनासहित समाजलाई सकारात्मक दिशामा अघि बढाउन निरन्तर सक्रिय रहनुपर्ने सन्देश दिदै नेपालको राष्ट्रिय झण्डा, रोट्रयाक्ट, रोटरी लोगो निर्माण गरी दीप प्रज्वलन गरिएको थियो ।

    WhatsApp Image 2025-09-16 at 9.42.52 PM.jpeg

    रोट्रयाक्ट परिवारले शहीदहरूको स्मृतिलाई नमन गर्दै उनीहरुको योगदानलाई आत्मसात गर्दै समाज र राष्ट्र सेवामा निरन्तर योगदान दिने प्रतिबद्धता जनाएको छ ।