२०८२, भाद्र ३१ गते

Sep 16 2025 | २०८२, भाद्र ३१ गते

तिलोत्तमा व्यापार संघको १२ औं स्थापना दिवसमा रक्तदान कार्यक्रम

मंगलवार , भाद्र ३१, २०८२

  • 319
    Shares
  • 319
    Shares
  • तिलोत्तमा, ३१ भदौ । तिलोत्तमा व्यापार संघले आफ्नो १२ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मणिग्राममा आयोजित रक्तदान कार्यक्रममा संघका संस्थापक अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश उपाध्यक्ष जेपी कंडेलले शुभारम्भ गर्नुभएको थियो ।

    कार्यक्रमको अवसरमा मन्तव्य व्यक्त गर्दै कंडेलले रक्तदान जीवनदान भएको र व्यवसायिक क्षेत्रमा मात्र नभइ समाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्न पनि यस्ता कार्यक्रमलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
    त्यस्तै, तिलोत्तमा व्यापार संघका वरिष्ठ उपाध्यक्ष विष्णु बरालले पनि मन्तव्य व्यक्त गर्दै रक्तदानको सामाजिक महत्वमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘संघका सदस्यहरूले सामूहिक रुपमा सामाजिक सेवामा सहभागीता जनाउने परम्परा कायम गर्दै आएका छन् । रक्तदान हाम्रो समुदायप्रतिको सानो योगदान हो, तर जीवनरक्षक छ ।’

    कार्यक्रममा रक्त सञ्चार केन्द्र बुटवलका प्राविधिक प्रशान्त सागर अर्याल र संघका निवर्तमान अध्यक्ष बाबुलाल भुसाललगायतको उपस्थिति थियो । कार्यक्रममा कुल ३७ युनिट रगत संकलन गरिएको संघले जनाएको छ ।
    संघले यस किसिमका कार्यक्रमहरूमार्फत सदस्यहरूमा सामाजिक चेतना जगाउने उद्देश्य राखेको बरालले बताउनुभयो । संघका पदाधिकारीहरूले भविष्यमा पनि यस्ता स्वास्थ्य र सामाजिक सेवा कार्यक्रमहरू निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।