
मंगलवार , भाद्र ३१, २०८२
भैरहवा, ३१ भदौ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले यस वर्षको स्थापना दिवस मनाउने कार्यक्रम स्थगित गरेको छ । हालको परिस्थितिलाई मध्यनजर गर्दै स्थगित गरिएको संघका महासचिव कृष्ण प्रसाद घिमिरेले बताउनुभयो ।
नेपाल सरकारले २०८२ असोज १ गतेलाई राष्ट्रिय शोक घोषणा गरी सार्वजनिक विदा दिने निर्णय गरेअनुसार, संघको स्थापना दिवस पनि सोही दिन भएकोले कार्यक्रम स्थगित गरिएको महासचिव घिमिरेले बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij