२०८२, भाद्र ३१ गते

Sep 16 2025 | २०८२, भाद्र ३१ गते

सार्वजानिक तथा व्यक्तिगत सम्पतीमाथि क्षति गर्नु अपराध हो : गृहमन्त्री अर्याल

मंगलवार , भाद्र ३१, २०८२

  • 439
    Shares
  • 439
    Shares
  • काठमाडौं, ३१ भदौ । गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेन जी आन्दोलनका क्रमममा आगजानी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन गर्नुभएको छ ।

    गृहमन्त्री अर्यालले मंगलवार उक्त कार्यालयको अनुगमन गर्नुभएको हो । कार्यालयको अनुगमन गर्दै उहाँले देशलाई नष्ट गर्ने काम कसैले गर्न नहुने बताउनु भयो । सार्वजानिक तथा व्यक्तिगत सम्पतीमाथि क्षति गर्नु अपराध भएको उहाँको भनाई छ ।

    उहाँले हाल भएको क्षतिलाई व्यहोर्दै अगाडी बढ्ने समेत उल्लेख गर्नुभयो । उहाँले तत्काललाई भौतिक पुनःनिर्माण भन्दा पनि आचरण र पद्धतिको पुनःनिर्माण गर्ने बताउनु भयो । उहाँले जतिसुकै कठिन भएपनि व्यहोर्नुपर्ने उल्लेख गर्नुहुँदै त्यहीबाट उठ्ने बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘हामी नेपाली हाँै । यो हाम्रो मातृभूमी हो । जतिसुकै कठिन भएपनि हामीले व्यहोर्नैपर्छ । त्यहीबाटै उठ्ने हो । त्यसकारणले अब केही कुरामा धैर्यता राख्नुपनि पर्ला ।

    यो सबैकुरा सोचेर खास गरेर हामी सबैको उद्देश्य एउटै छ, भावना एउटै छ । अव यसरी चाहीँ देशलाई नष्ट पार्ने काम चाहीँ कसैले गर्नुहुँदैन । जसले गरिरहनुभएको छ, यो चाहीँ बेठिक गर्नुभएको छ ।

    यसमा त कुनै दुईमत छैन नी, यो संरचना ध्वस्त गरेको कुरा जसरी नी बेठिक भयो नी त । सार्वजानिक सम्पती, निजी सम्पती यो बेठिक भएको छ नी । त्यसकारणले हामीले यो बेठिक भइरहेकोलाई बेठिक नै मान्छौँ र जे अहिले छ त्यो व्यहोर्छौँ अहिले हामी र जे छ त्यहाँबाट जर्गेना गर्दै अगाडी बढ्नेछौँ ।

    फेरि तुरुन्तै गर्ने भनेर हात फैलाउँदै जाँदाखेरि पनि कहिलेकाही हाम्रो राष्ट्रिय अस्मितामा केही कमी भयो कि भन्ने पनि भाष्यहरु छन् । अब यो चाहीँ पुनःनिर्माण त भौतिक पुनःनिर्माणको मात्रै कुरा नभएर अरु हाम्रो आचरण पद्धतिको पनि पुर्ननिर्माण हुनसक्छ अहिले ।’ 

    उहाँले क्षतिग्रस्त भएको कार्यालयको मूल्याङ्कनको लागि कार्यदल बनाउने जानकारी दिनुभयो । सोही कार्यदलको प्रतिवेदनको आधारमा बजेट छुट्याएर पुनःनिर्माण गर्ने उहाँको भनाई छ ।

    उहाँले केही भवनलाई मर्मत मात्रै गरे पुग्ने देखिएको र केहीको भत्काएर पुनःनिर्माण गर्नुपर्ने देखिएको बताउनु भयो । उहाँले क्षतिग्रस्त सबै संरचनाहरुको राष्ट्रिय योजना आयोग, विपद् व्यवस्थापन प्राधिकरण र अर्थ मन्त्रालयसँग छलफल गरेर पुनःनिर्माण गर्ने जानकारी दिनुभयो ।