२०८२, भाद्र ३१ गते

Sep 16 2025 | २०८२, भाद्र ३१ गते

पार्टीको नयाँ कार्यालय भवन अझै भव्य बनाइन्छ : अध्यक्ष दाहाल

मंगलवार , भाद्र ३१, २०८२

  • 310
    Shares
  • 310
    Shares
  • काठमाडौं, ३१ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नयाँ कार्यालय भवन अझै भव्य बनाइने बताउनुभएको छ ।

    मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडा अनुगमनका लागि पुग्नुभएका अध्यक्ष दाहालले यस्तो घोषणा गर्नुभएको हो । उहाँले पार्टी कार्यालयमा ठूलो क्षति पुगेको तर सिंगो पार्टी पंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरुको सहयोगमा भव्य भवन बनाइने बताउनु भयो । उहाँले पार्टीका माइन्युटहरु बँचेको र पुस्ताकालय बँच्नु राम्रो पक्ष भएको बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘पार्टी काार्यलयका सबै कोठाहरुको अवलोकन हामीले ग¥यौँ । निकै ठूलो क्षति भएको देख्यौँ । पार्टीका माइन्युटहरु बँचेको भन्ने सुनेँ, त्यसको लागि यहाँ काम गर्ने साथीहरुलाई धन्यवाद छ ।

    केही कम्प्युटर, लाइबेरी र केही रेकर्डहरु बँचेको रहेछ, त्यो बचाउन भुमिका खेल्नेहरुलाई पनि धन्यवाद । क्षति त पुग्यो तर अब पार्टीको नयाँ कार्यालय भवन सिंगो पार्टी पंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरुको सहयोगमा भव्य भवन बनाइनेछ ।’

    जेन जी आन्दोलनका क्रममा आन्दोलनकारीले माओवादी केन्द्रको पार्टी कार्यालयमा पनि आगजनी र तोडफोड गरेका थिए ।