२०८२, भाद्र ३० गते

Sep 15 2025 | २०८२, भाद्र ३० गते

चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालनमा

सोमवार , भाद्र ३०, २०८२

  • 337
    Shares
  • 337
    Shares
  • काठमाडौं, ३० भदौ । चाडपर्व लक्षित गरी सहुलियत मूल्य पसल सञ्चालनमा आएको छ । 

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालनमा आएको हो । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालन गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । खाद्य व्यवस्था कम्पनीले सञ्चालन गर्ने सहुलियत मूल्य पसलमा सबै किसिमको चामल तथा दाल, गहुँ, चिनी र गेडागुडीमा प्रतिकिलो पाँच रुपैयाँ छुट हुनेछ ।

    त्यसैगरी चिउरा, आटा, पिठो, मैदामा प्रतिकिलो सात रुपैयाँ छुटको व्यवस्था गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौँ उपत्यकामा तीनवटा घुम्ती पसलसहित १५ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने जनाइएका छ ।