२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विशिष्ट कक्ष बन्द

आइतवार , भाद्र २९, २०८२

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, २९ भदौ । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विशिष्ट कक्ष (भीआईपी कक्ष) बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयको निर्देशन तथा भदौ २७  मा बसेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समितिको बैठकको निर्णय अनुसार बन्द गरिएको विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीले बताउनुभयो ।

    विद्यमान सुरक्षा तथा प्राविधिक संवेदनशीलतालाई मध्यनजर गर्दै हाललाई आन्तरिक विशिष्ट कक्ष बन्द गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय सिद्धार्थनगर, रुपन्देहीले जनाएको छ।‘यसबाट विशिष्ट महानुभावहरुमा पर्न जाने असुविधाप्रति विमानस्थल परिवार क्षमाप्रार्थी छ । सहयोगको लागि हार्दिक धन्यवाद, ’कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

    Notice.jpeg