
शनिवार , भाद्र २८, २०८२
काठमाडौं, २८ भदौ । जनता समाजवादी पार्टी (जसपा), नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले ऐतिहासिक जेन–जी आन्दोलनको सफलतासँगै भ्रष्टाचारीलाई कारवाही गर्न सुरु गर्नुपर्ने बताउनुभएको छ । उहाँले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै भ्रष्टाचारीविरुद्ध कारवाहीका लागि सरकारलाई आवश्यक कदम चाल्न आग्रह गर्नुभएको छ ।
बस्नेतले भन्नुभयो, ‘सरकारको नेतृत्व नै भ्रष्टहरुले पालैपालो गरिरहने हुँदा भ्रष्टचारीहरु नै पुरस्कृत भइरहने अवस्थाबाट मुुलुकका जनता आजित थिए । हामीले भ्रष्टाचारविरुद्ध उठाएको आवाजलाई जेन–जीले विद्रोहमा बदलिदियो । यो भ्रष्टाचारविरुद्धको ऐतिहासिक सफलता हो । यस अभियानका हामी पनि साझेदार हौं ।’
भ्रष्टाचारको छानबीन र कारवाहीमा सरकारले कुनै सम्झौता गर्न नहुने भन्दै देशमा सुशासन चाहने सबै नेपालीले साथ र सहयोग गर्नुपर्ने बस्नेतको भनाइ छ । नेता, सरकारी पदाधिकारीलगायतले भ्रष्टाचार गरेर आर्जेको अकूत सम्पत्ति राष्ट्रियकरण गर्दै मुलुकको समृद्धिमा लगाउनुपर्ने उहाँको माग छ । बस्नेतले राजनीतिक दलहरुले आफूलाई नसुधारे आफै सक्किने उहाँले टिप्पणी गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij