२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

रुपन्देहीमा पुन : कर्फ्यु र निषेधाज्ञा आदेश जारी

शुक्रवार , भाद्र २७, २०८२

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, २७ भदौ । रुपन्देहीमा पुनः कफ्र्यु र निषेधाज्ञा आदेश आदेश जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको भदौ २७ गतेको निर्णय अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा (३क) बमोजिम भदौ २७ गतेदेखि अर्को आदेश नभएसम्म कफुर्य र निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले जानकारी दिनुभयो ।

    जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भइ शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी कफ्र्यु र निषेधाज्ञा आदेश जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले बताउनुभयो ।

    प्रजिअ पाण्डेका अनुसार कफ्र्यु आदेश राती १० देखि बिहान ६ बजेसम्म रहनेछ । कफुर्यु अवधिभर आदेशको उल्लंघन गरी कसैले आवातजावत, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न पाइनेछैन ।

    त्यस्तै निषेधाज्ञा बिहान ६ बजेदेखि राती १० बजेसम्म रहनेछ । निषेधाज्ञा अवधिभर पाँचजना भन्दा बढी व्यक्ति भेला भइ अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता कार्यक्रम गर्न नपाइने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । यो आदेशको उल्लंघन गरेमा प्रचलित कानून अनुसार कडा भन्दा कडा कारवाही गरिने कार्यालयको भनाइ छ ।

    Notice.jpeg