२०८२, भाद्र २६ गते

Sep 11 2025 | २०८२, भाद्र २६ गते

कानून व्यवसायी भन्छन् : ‘जेन जी पुस्ताको माग व्यवस्था परिवर्तन होइन

बिहिवार , भाद्र २६, २०८२

  • 565
    Shares
  • 565
    Shares
  • काठमाडौं, २६ भदौ । कानून व्यवसायीहरुले अहिलेको अवस्थालाई परिवर्तन गर्ने माग जेन जी पुस्ताहरुको भएपनि व्यवस्था परिवर्तन गर्ने माग नरहेको जिकिर गरेका छन् । 

    नेपाल बार एशोसिएशनद्वारा भर्चुअल माध्यमबाट गरिएको बैठकमा बोल्दै कानून व्यवसायीहरुले यस्तो बताएका हुन् । उनीहरले संसद अहिले पनि चालु नै रहेको र संविधानभित्रबाटै समस्याको समाधान निकाल्नुपर्ने बताए ।

    संवैधानिक संकटको अवस्थामा निकास दिन कानून व्यवसायीहरुले पहल गर्नुपर्ने बताए । सहमतिको बिन्दु पहिल्याएर अघि बढ्नु नै अहिलेको आवश्यकता भएको जिकिर गरे । संसदका सदस्यहरुबाट नै जेन जी पुस्ताले रुचाएको व्यक्ति छन् भने त्यो व्यक्तिलाई अघि सारेर जानुपर्ने कानून व्यवसायी अशोक पोखरेलले बताउनु भयो ।

    उहाँले बारले संविधान मिचिने काम भए खबरदारी गर्नुपर्ने बताउनु भयो । पूर्वकानूनमन्त्री एवं कानून व्यवसायी गोविन्द बन्दीले परिस्थितिको विश्लेषण गरेर मात्रै अघि बढ्न सुझाव दिनुभयो ।

    उहाँले जेन जी मुभमेण्ट किन आयो र यसको रुट कजहरु केके हो भन्नेबारे स्पष्ट हुन जरुरी रहेको बताउनु भयो । केही मानिसहरुको कुरा सुन्न नै जेन जी पुस्ता तयार नरहेको देखिएको बताउनु भयो ।

    संविधान सुधार गर्ने, संशोधन गर्ने र अहिलेको संविधानबाट नै समाधान खोज्नेतर्फ जानुपर्ने सुझाव दिनुभयो । नेपाल बारले आफ्नो समीक्षा गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो । प्रतिनिधि सभाको सदस्यलाई मात्रै प्रधानमन्त्री बनाइनुपर्ने, मन्त्रीहरु बाहिरको भएपनि हुने माग आफ्नो रहेको बताउनु भयो ।

    प्रतिनिधि सभाको सदस्यको संयोजकत्वमा सरकार गठन गर्नुपर्ने बताउनु भयो । चुनावी सरकार अविलम्व गठन गर्न पनि माग गर्नुभयो । कानून व्यवसायी सुरेन्द्रकुमार महतोले बारको आधारभुत स्ट्याण्ड संघीय लोकतान्त्रिक गणतन्त्रात्मक बहुदलीय शासन प्रणाली नै रहनुपर्ने बताउनु भयो । उहाँले अहिलेको अवस्था विकराल र असामान्य रहेको बताउनु भयो ।

    अहिलेको संविधानअनुसार सरकार बनाउने भए शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुपर्ने बताउनु भयो । संविधान अक्षुण्ड रहनुपर्ने बताउनु भयो । कानून व्यवसायी लिलामणि श्रेष्ठले संविधानभित्रैबाट विकल्प खोजिनुपर्ने बताउनु भयो । पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता दिनमणि पोखरेलले संविधानभित्रैबाट विकल्प खोज्नुपर्ने बताउनु भयो ।

    जेन जी पुस्ता नै अन्योलतामा रहेकाले विकल्प र सुझावहरु दिनुपर्ने बताउनु भयो । कानून व्यवसायी बाुराजा जोशीले जेन जीको आन्दोलन संविधान विरोधी आन्दोलन नभएको बताउनु भयो । संविधानको धारा ७६(३) बाट बन्न नसक्ने भए संसदभित्रैबाट मन्त्रीमण्डल गठन हुनुपर्ने बताउनु भयो ।

    तीन वटा बेन्च भएपनि शुरु गरेर न्यायपालिकाले आफ्नो काम शुरु गर्नुपर्ने बताउनु भयो । कानून व्यवसायी ताराकुमार श्रेष्ठले न्यायको प्रक्रिया अघि बढेको प्रत्याभुति दिन जरुरी रहेको बताउनु भयो । जेन जीको आन्दोलन भ्रष्टाचार र बेथितिको विरुद्धमा रहेको कुरा नेपाल बारले बिर्सिन नहुने बताउनु भयो ।

    जेन जीको भावना सम्बोधन हुनेगरी विज्ञप्ती जारी गर्न जरुरी रहेको बताउनु भयो । कानून व्यवसायी पुरुषोत्तम अधिकारीले आवश्यक परे कानून व्यवसायीहरु सडकमा आउन तयार रहेको सन्देश दिनुपर्ने बताउनु भयो । कानून व्यवसायी कपिलचन्द्र पोखरेलले नेपाल बारको भुमिका प्रभावकारी देखिनुपर्ने बताउनु भयो ।