मंगलवार , भाद्र २४, २०८२
भैरहवा, २४ भदौ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले भदौ २४ गते मंगलबार बेलुका ८ः३० बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गर्नुभएको छ । अर्को आदेश जारी नभएसम्मको लागि रुपन्देही जिल्लाभर लागू हुने गरी कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ३ क बमोजिम कर्फ्यू आदेश जारी गरिएको सूचनामा उल्लेख छ ।
रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भइ शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी डा.पाण्डेले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
