२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

एमाले जिल्ला सचिवालय सदस्य आचार्यद्वारा पार्टी परित्याग

मंगलवार , भाद्र २४, २०८२

  • 964
    Shares
  • 964
    Shares
  • भैरहवा, २४ भदौ । नेकपा (एमाले) रुपन्देहीका जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगरका पूर्व इञ्चार्ज चोपलाल आचार्यले पार्टी परित्याग गर्नुभएको छ । भदौ २४ गते मंगलबार (आज) देखि लागू हुने गरी साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको उहाँले जानकारी दिनुभयो ।

    नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भइ बनेको नेकपाको आचार्य सिद्धार्थनगर कमिटीको अध्यक्ष हुनुहुन्थ्यो ।