
सोमवार , भाद्र २३, २०८२
भैरहवा, २३ भदौ । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुभएको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकमा उहाँले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाउनुभएको हो ।
सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिनुभएको हो ।
त्यसअघि उहाँले नेपाली कांग्रेसको बैठकमा पनि आफू नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराउनुभएको थियो । लेखक २०८१ साल असार ३१ मा गृहमन्त्री बन्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij