२०८२, आश्विन ४ गते

Sep 20 2025 | २०८२, आश्विन ४ गते

वैशाख २० भित्रै परीक्षा लिने तिलोत्तमाको निर्णय

शनिवार , बैशाख ४, २०७८

  • 6.8K
    Shares
  • 6.8K
    Shares
  • तिलोत्तमा, ४ वैशाख । 
    रुपन्देहीको तिलोत्तमा नगरपालिकाले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा यही वैशाख २० गतेभित्र सक्ने निर्णय गरेको छ । कोरोना महामारीको प्रभाव बढ्दै जाँदा नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको शुक्रबारको बैठकले विद्यालयस्तरीय वार्षिक परीक्षा छिट्टै लिने निर्णय गरेको हो । नेपालमा समेत दोस्रो चरणको कोरोना महामारी तीव्र रुपमा बढ्दै जाँदा विद्यालय बन्द गर्नुपर्ने दबाब बढ्दै गएको छ ।

    परीक्षा नलिँदै विद्यालय बन्द गरिँदा त्यसले विद्यार्थी, शिक्षक, अभिभावक सबैमा नकारात्मक असर पर्ने भएकोले कोरोना सुरक्षा मापदण्ड अपनाई तत्काल परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताए । नगरप्रमुख तथा समिति संयोजक बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले बालविकासदेखि कक्षा ३ सम्मको परीक्षा यही वैशाख १२ गतेसम्म र कक्षा ४ देखि ९ सम्मको परीक्षा वैशाख २० गतेभित्र सक्ने निर्णय गरेको हो ।

    बैठकले वैशाख १२ बाट सुरु हुनेगरी कक्षा ८ को नगरस्तरीय परीक्षा सञ्चालनको लागि परीक्षा तालिका तथा परीक्षा केन्द्र समेत निर्धारण गरेको छ । यो वर्ष नगरस्तरीय परीक्षाको लागि ९ वटा केन्द्र निर्धारण गरिएको शिक्षा शाखा प्रमुख आचार्यले बताए ।
    यसैबीच कोरोनाबाट सबैभन्दा बढी बालबालिकाहरु प्रभावित भइरहेको भन्ने खबरहरु सार्वजनिक भइरहँदा नगरप्रमुख बासुदेव घिमिरे, शिक्षा शाखा प्रमुख गंगाराम आचार्यसहितको टोलीले विद्यालयहरुको अनुगमन गरेको छ । कोरोना सुरक्षा मापदण्डको पालनालाई केन्द्रमा राखी टोलीले सामुदायिक तथा संस्थागत विद्यालयको अनुगमन गरेको हो ।