२०८२, कार्तिक ७ गते

Oct 24 2025 | २०८२, कार्तिक ७ गते

सभापति खतिवडाद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

सोमवार , भाद्र २३, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, २३ भदौ । संसदीय सुनुवाई समिति सभापति रामहरि खतिवडाले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

    सोमवार बिहान सभापति खतिवडाले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो । राज्य व्यवस्था तथा सुशासन समितिमा निजामति सेवा विधेयकमा छेडखानी गरेको आरोपमा संसदीय छानविन समितिले जिजम्मेवार ठहराएसँगै समिति सभापतिबाट राजीनामा दिनुभएका खतिवडा संसदीय सुनुवाई समितिको सभापति निर्वाचित हुनुभएको थियो ।

    संसदीय समिति सभापति ईश्वरीदेवी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापति बनेसँगै संसदीय सुनुवाई समिति सभापतिको पद रिक्त थियो । रिक्त पदमा नेपाली काँग्रेसबाट खतिवडाको मात्रै उम्मेदवारी परेपछि खतिवडा संसदीय सुनुवाई समितिको सभापति निर्वाचित हुनुभएको थियो ।

    सभापतिमा निर्वाचित खतिवडाले सभामुख देवराज घिमिरेबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो ।