२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

सन्धिखर्क बजारमा पानीको मुल्य घट्यो

शुक्रवार , श्रावण ३०, २०७७

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • अर्घाखाँची २९ साउन । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क रहेको साना शहरी खानेपानी तथा सरसफाइ मुल संस्थाले खानेपानीको न्यूनतम शुल्क घटाउने भएको छ ।

    हाल १७ सय ६१ घर धुरीले प्रयोग गदै आएको खानेपानीको न्यूनतम शुल्क घटाउने संस्थाले निर्णय गरेको हो ।

    जसअन्तर्गत नौलापानी राटटारी पानी आपुर्ति गर्ने कार्य सञ्चालनमा ल्याएकोले भाद्र १ गते देखी लागुहुने गरी साबिकको न्यूनतम महशुल रु ३सय २० लाई घटाई रु २सय ५० कायम गर्ने निर्णय गरेको कार्यालय प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

    यसरी प्रति घर धुरी न्यूनतम महशुल ७० छुट हुदाँ वार्षिक १७ सय ६१ घर धुरी लाई १४ लाख ७९ हजार २ सय ४० छुट हुने छ ।