
आइतवार , भाद्र २२, २०८२
भैरहवा, २२ भदौ । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) र पाल्पा चेम्बर अफ कमर्सबीच भेटघाट तथा छलफल कार्यक्रम शनिबार पाल्पाको तानसेनमा सम्पन्न भएको छ । कार्यक्रममा व्यवसायीहरुले युवा लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै पाल्पा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु कार्कीले युवा लक्षित कार्यक्रम नल्याउँदासम्म र युवाहरुलाई यो देशमा नराख्दासम्म विकास हुन नसक्ने बताउनुभयो । उहाँले दक्ष जनशक्ति बाहिर जाँदा धेरै कुरामा समस्या आउने गरेको बताउनुभयो । अध्यक्ष कार्कीले युवा लक्षित कार्यक्रमलाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी दिनमा पनि रुपन्देही चेम्बर र पाल्पा चेम्बरबीच सहकार्य हुने बताउनुभयो । पर्यटन क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।
चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले पछिल्लो समय उद्योग–व्यापारको अवस्था खस्किदै गएको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रलाई जोड दिनुपर्ने बताउनुभयो । अध्यक्ष रोक्काले युवा लक्षित कार्यक्रमलाई संस्थाले प्राथमिकता दिएको बताउनुभयो ।
शनिबारचेम्बर अफ कमर्स, रुपन्देहीकी महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा पाल्पा चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष एवं रिब्दीकोट गाउँपालिका–१ का वडाअध्यक्ष चिरिञ्जीबी पोखरेल लगायतले बोल्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij