२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

१० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

आइतवार , भाद्र २२, २०८२

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • दाङ, २२ भदौ । निजामती सेवा दिवसको अवसरमा आयोजना गरिएको १० किलोमिटर रोड रेसको उपाधि सामाजिक विकास मन्त्रालयका सचिव वसन्त प्रसाद कोइरालाले हात पार्नुभएको छ । 

    दाङको राप्ती गाउँपालिकास्थित भित्री सडकमा राखिएको रोड रेस प्रतियोगितामा सबैभन्दा पहिले यात्रा पूरा गर्दै कोइरालाले उपाधि हात पार्नुभएको थियो । प्रतियोगितामा ४५ जना कर्मचारीले भाग लिएका थिए । प्रमुख सचिव बावुराम अधिकारीसहित रोड रेसमा सहभागीहरूमध्ये अधिकांशले यात्रा पूरा गरेका थिए ।

    रोड रेसमा दोस्रो स्थान स्वास्थ्य मन्त्रालयका कर्मचारी उमेश रावत, तेस्रो लुम्बिनी प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवर, चौथो आर्थिक मामिला तथा योजना मन्त्रालयका रञ्जित राउत, पाँचौं युवा तथा खेलकुद मन्त्रालयका गोपाल वली, छैठौं वन तथा वातावरण मन्त्रालयका निर्मल चौधरी, सातौं प्रदेश सभा सचिवालयका अशोक कुमार घर्तीमगर, आठौं प्रदेश लेखा नियन्त्रण कार्यालयका सतेन्द्र राय, नवौं उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका लालबहादुर कुवर र दशौं स्थानमा प्रदेश सभा सचिवालयका किरणकुमार थारु बन्नुभएको छ । लुम्बिनी प्रदेशमा तीन दिन विविध कार्यक्रम गरेर निजामती सेवा दिवस मनाइएको छ ।

    आइतबार झाँकी प्रदर्शन र मूल समारोह हुँदैछ ।