२०८२, भाद्र २२ गते

Sep 07 2025 | २०८२, भाद्र २२ गते

चेम्बर अफ कमर्स रुपन्देहीले बनायो वार्षिक कार्ययोजना

आइतवार , भाद्र २२, २०८२

  • 121
    Shares
  • 121
    Shares
  • भैरहवा, २२ भदौ । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले वार्षिक बनाएकोे छ । शुक्रबार र शनिबार पाल्पाको तानसेन नगरपालिका–१ स्थित रोज रिसोर्टमा बसेको वार्षिक कार्ययोजना बैठकले कार्ययोजना निर्माण गरेको संस्थाका अध्यक्ष सचिन रोक्काले बताउनुभयो ।

    वार्षिक कार्ययोजनामा उद्योग, व्यापार, कृषि तथा पर्यटन क्षेत्रको अध्ययन अवलोकन भ्रमण, नेपाल सरकारको बजेटमा राजस्वका दर, भन्सार दर, नगरपालिका, राजस्व परामर्श समिति अन्तर्गत निर्धारण गरिने दर, निजी क्षेत्रका समस्या, सल्लाह–सुझाव पेश, समग्र रुपन्देहीको विकास, राष्ट्रिय गौरव आयोजना सम्बन्धी छलफल, डेलिगेशन/अन्तरक्रिया, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, महिला उद्यमी सम्बधी कार्यक्रम, युवाका लागि सीपमूलक कार्यक्रम, खेलकुद कार्यक्रम, नेतृत्व विकास, कर शिक्षा तथा लेखा तालिम सञ्चालन गर्ने उल्लेख छ ।

    त्यस्तै शुभकामना आदानप्रदान, वृक्षारोपण, सरसफाई, रक्तदान, क्यालेण्डर प्रकाशन, सडक खाना महोत्सव र साँस्कृतिक कार्यक्रम गर्ने कार्ययोजनामा समावेश गरेको छ ।

    बैठकले विभिन्न उपसमिति गठन गरी जिम्मेवारी पनि दिएको छ । गठन गरिएका उपसमितिमा उद्योगी–व्यवसायीहरुको गुनासो सुन्ने/छलफल गराउने/डेलिकेसन जाने उपसमिति, बजार प्रवद्र्धन तथा दर्ता नविकरण उपसमिति, राहत उपसमिति, उद्योग प्रवद्र्धन, व्यापार, आर्थिक, भैरहवा मण्डप, सूचना तथा सञ्चार, स्वास्थ्य, सीमा तथा भन्सार सहजीकरण, महिला उद्यमी, कृषि, होटल तथा पर्यटन, शिक्षा, युवा तथा खेलकुद, बजार अनुगमन, प्रेस सहजीकरण, रात्रिकालीन व्यवसाय व्यवस्थापन रहेका छन् ।

    बैठकले आगामी कार्तिकमा चेम्बर अब कमर्सले आयोजना गर्ने लुम्बिनी महोत्सव–२०८२ को लागि विभिन्न उपसमिति समेत गठन गरेको महासचिव लक्ष्मी अधिकारीले बताउनुभयो । बैठकमा कोषाध्यक्ष धिरज कुमार मल्लिकले आर्थिक वर्ष २०८२/०८३ को अनुमानित आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

    बैठकले अब्दुल कयुम, राम प्रसाद भण्डारी, दिनेश गुप्ता र माया खनाललाई सचिवालय सदस्यको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठको संयोजकत्वमा कार्यसमिति कार्यसम्पादन मूल्यांकन समिति गठन गरेको छ ।

    IMG_3113.JPG

    चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष राम मिलन यादवको स्वागत तथा निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा भएको बैठकमा संस्थाका कानूनी सल्लाहकार जगत बहादुर रायमाझी, चेम्बर अफ कमर्स, लुम्बिनी साँस्कृतिक नगरपालिकाका अध्यक्ष कृष्ण बहादुर गुरुङ, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष राम प्रसाद पोखरेल लगायतले मन्तव्य राख्नुभएको थियो ।