२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

रेडक्रस बेलहिया उप–शाखाद्वारा प्राथमिक उपचार बक्स हस्तान्तरण

शुक्रवार , भाद्र २०, २०८२

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, २० भदौ । नेपाल रेडक्रस सोसाइटी बेलहिया उप–शाखाले पाँच थान प्राथमिक उपचार (फस्ट एड) बक्स हस्तान्तरण गरेको छ । उप–शाखाले रेडक्रस सोसाइटीको ६३ औं स्थापना दिवसको अवसर पारेर आफ्नो उप–शाखा अन्तर्गत रहेको युवा रेडक्र सर्कल कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसलाई उक्त सामग्री वितरण गरेको हो ।

    रेडक्रस बेलहिया उप–शाखाका सभापति राकेश गुरुङको अध्यक्षता तथा रेडक्रस रुपन्देही जिल्ला शाखाका उपसभापति सुशील गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा युवा रेडक्रस सर्कल पक्लिहवा क्याम्पसका सभापति सुचना थापा, रेडक्रस बेलहियाका निवर्तमान सभापति सुमन शर्मा, सिद्धार्थनगर नगरपालिका–१ का निवर्तमान वडाअध्यक्ष रमेश मल्ल, नयाँगाउँ रानीगाउँ मन्दिर व्यवस्थापन समितिका सचिव नन्द राना, रेडक्रस बेलहियाका संस्थापक कोषाध्यक्ष मन्जु रेग्मी, रेडक्रस सिद्धार्थनगरका सभापति राजेश जि.सी. लगायतको उपस्थिति थियो ।

    रेडक्रस बेलहियाका उपसचिव तथा कार्यक्रम संयोजक ऋषिराम पाण्डेयको स्वागत तथा सचिव माधव शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।