२०८३, बैशाख २७ गते

May 10 2026 | २०८३, बैशाख २७ गते

टिप्पर दुर्घटनामा विद्यालयका प्रअसहित २ जनाको मृत्यु, एक जना बेपत्ता

बिहिवार , बैशाख २, २०७८

  • 5.5K
    Shares
  • 5.5K
    Shares
  • रसुवा, २ बैशाख। रसुवाको पासाङ्गल्हामु मार्गको स्याउबारीस्थित ग्राङ्गमा भएको टिप्पर दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

    गतराती करिब एक बजेको समयमा भएको सो दुर्घटनामा परि मृत्यु हुनेमा कालिका गाँउपालिका १का आधारभुत प्राथमिक बिद्यालयका प्रधानाध्यापक राजेन्द्र तामाङ तथा २९ बर्षीय उनका भाई सागर तामाङको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरिक्षक देबेन्द्र पाण्डेका अनुसार ग्राङ्गबाट कालिकास्थानतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख १६८८ नम्बरको खाली टिपर आफैं अनियन्त्रित भई सडकबाट करिब. दुई सय मिटर तल खस्न जाँदा दुर्घटना भएको थियो। 

    उक्त टिप्परमा अन्य एक जना पनि सवार रहेको र दुर्घटना पश्चात हाल उनि बेपत्ता रहेकोले उनको खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।