२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

तिलोत्तमामा लायन्स डिष्ट्रिक ३२५ पी फस्ट क्याबिनेट हुँदै

मंगलवार , भाद्र १०, २०८२

  • 340
    Shares
  • 340
    Shares
  • बुटवल, १० भदौ । ‘हामी सेवा गर्छौं’ भन्ने मूल नाराका साथ स्थापना भएको लायन्स क्लबहरुको डिष्ट्रिक ३२५ पी नेपालको फस्ट क्याबिनेट मिटिङ्ग तथा ८ सय भन्दा बढी क्याबिनेट अफिसर्सहरुको पदस्थापन कार्यक्रम रुपन्देहीको तिलोत्तमामा हुने भएको छ ।यही भदौ १४ गते शनिबार तिलोत्तमाको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा कार्यक्रम हुने भएको हो । 

    लायन्स ३२५ पी का एरिया–३ का एरिया चिफ कृष्ण प्रसाद खनालले वर्ष २०२५/२०२६ भइरहेका विभिन्न सामाजिक कार्यहरुको समीक्षा हुने जानकारी दिनुभयो । क्लबहरुले र डिष्ट्रिकका पदाधिकारी र क्लबहरुका अध्यक्षलाई सामाजिक कार्यको मूल्यांकन गरी सम्मान गरिने जानकारी दिनुभयो । यो वर्षभरी लायन्स क्लबको इतिहासमा रहने गरि सामाजिक कार्य गर्ने र विश्वव्यापी पहुँच रहेको भन्दै अझै बढी सेवा भावलाई अगाडि बढाउनुपर्ने सामाजिक सेवा गर्नेको लागि समीक्षा गरी काम गर्ने क्लबहरुका विभिन्न प्रोजेक्टलाई आर्थिक व्यवस्थापन गर्र्नेे उत्प्रेणा प्रदान गरिने डिष्ट्रिक सचिव एमएल पाण्डेले बताउनुभयो ।

    कार्यक्रम बंगलादेशबाट इन्टरनेशनल डारेक्टर नाजकुल हकको प्रमुख आतित्थ्यता तथा डिष्ट्रिक गभर्नर बालाराम भट्टराईको अध्यक्षता हुनेछ । कार्यक्रममा पाष्ट ईन्टरनेशनल डाईरेक्टर, लायन्स नेताहरु, मल्टिपल चियर पर्सन, निवर्तमान गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्ग, प्रथम भाइस ड्रिष्टिक गर्भनर सन्दीप कसौधन, द्वितीय भाइस डिष्ट्रिक गभर्नर मीना पन्थी, पूर्व गभर्नरहरु अर्जुनमान सैंजु, नवराज न्यौपाने, अरुण प्रताप राणा, सुनिल ओझा, अनुप पहारी, महेन्द्रनारायण श्रेष्ठ लगायतले सम्बोधन गर्नुहुने डिष्ट्रिक सचिव पाण्डेले बताउनुभयो । 

    कार्यक्रममा प्रमुख वक्ताको रुपमा वरिष्ठ पत्रकार जगदीश खरेलले स्पष्ट, दृष्टिकोण र निष्पक्ष, नीति र नेतृत्वबारे समाजमा कसरी सामाजिक उद्यमशीलतामार्फत समावेशीता गर्ने सकिन्छ तथा लायन्समार्फत समाजमा पार्न सक्ने प्रभाव भन्ने बारेमा विशेष प्रस्तुति दिनुहुनेछ ।

    लायन्स क्लब हाल विश्वको २ सय  १० भन्दा बढी राष्ट्रहरुमा विस्तार भइ विश्वको विभिन्न देश लगायत नेपालको विभिन्न क्षेत्रमा विगत लामो समयदेखि सामाजिक क्षेत्रमा निःशुल्क कार्य गर्दै आइरहेको छ । जस्तै  बाढीपीडित, दैवी प्रकोपमा आपतकालिन सहयोग प्रदान, नेपालमा विभिन्न अस्पतालहरु जस्तै : आँखा अस्पताल, प्रसुति अस्पताल, दन्त अस्पताल, स्वास्थ्य क्लिनिकहरु लगायत भुकम्पपछि विद्यालयहरुको बनाउँदै आएको गभनृर भट्टराई बताउनुभयो । यो वर्ष २०२५÷२६ को मूल नारालाई ‘खुसी मन–सहयोगी हातहरू’ भन्ने आत्मसाथ गर्दै समाजमा सेवा गरिने उहाँले बताउनुभयो ।

    संयोजक एरिया–३ का चिफ कृष्ण प्रसाद खनालका अनुसार कार्यक्रममा नेपालका विभिन्न भाषा, संस्कृति झल्किने साँस्कृतिक कार्यक्रम हुने उहाँले बताउनुभयो ।लायन्स एरिया नम्बर ३ को आयोजनामा हुने कार्यक्रममा करिब १ हजार ५ सय भन्दा बढी लायन्स तथा लियोहरुको सहभागीता रहने आयोजकले जनाएका छन् । लायन्स डिष्ट्रिक ३२५ पी अन्तर्गत नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु काठमाडौंसहित १ सय ५७ वटा क्लबमा ४ हजार ६ सय ७ जना सदस्य छन् ।