
आइतवार , भाद्र ८, २०८२
काठमाडौं, ८ भदौ । सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवद्र्धनका लागि काठमाडौंमा भदौ २० गतेदेखि असोज ११ गतेसम्म ‘नेपाल कला तथा सांस्कृतिक महोत्सव, २०२५’ आयोजना हुने भएको छ ।
नेपाल कला परिषद् र पर्यटन विकास बोर्डको आयोजना तथा विभिन्न निकायहरुको सहकार्यमा महोत्सव आयोजना हुन लागेको हो । आईतवार बोर्डमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल कला परिषद्का महासचिव विकासरत्न ढख्वाले महोत्वको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने जानकारी दिनुभयो ।
उहाँले महोत्सवमा उपत्यकाका जिल्लाहरुमा मनाइने विभिन्न जात्रा, नेपाली सेनाको सांस्कृतिक प्रश्तुती, लगायत यसबीचमा पर्ने जात्राहरुलाई भव्यताका साथ मनाउने गरी आयोजक समिति गठन गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘महोत्सवको तयारीका लागि परिषद्ले धेरै क्षेत्रका निकायहरुसँग सहकार्य गर्यो । त्यसलाई उमओयु गरेर हस्ताक्षर गर्न भने केही समय लाग्यो । हामीले यसबीच महोत्सव बारे सबै निकायलाई जानकारी गराएर समर्थन जुटाउने प्रयास ग¥यौं । त्यसपछि पर्यटन बोर्डसँग सहमति भएपछि आयोजक समिति गठनको प्रक्रिया अगाडि बढायौं । जसममा काठमाडौं महानगरपालिका, ललितपुर महानागरपालिकाको वडा नं १६, भक्तपुर र कीर्तिपुर तथा पर्यटनसँग संवद्ध सबै सरोकारवालाहरुलाई समेत समेटिएको छ ।’
महोत्सवले नेपालमा मात्रै नभई विदेशमा समेत ठूलो महत्व राख्ने भएकाले यसलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने लक्ष्य राखेको छ । “नेपालको शाश्वत कला, संस्कृति, खानपान र सम्पदाको उत्सव” भन्ने नारासहित शुरु हुने महोत्सवले उपत्यकाका चार पालिकासहित पर्यटनसँग सम्बन्धित संघ–संस्था र सरोकारवालालाई समेटेर महोत्सवमा सांस्कृतिक प्रदर्शनी, कला–कौशल, संगीत–नृत्य, परम्परागत परिकार, तथा जीवित संस्कृति अनुभव गर्ने अवसर प्रदान गरिने नेपाल पर्यटन बोर्डले जनाएको छ ।
यसरी उपत्यकाका पुराना शहर– काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरलाई उत्सवमय बनाउन शुरु हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij