२०८२, आश्विन २३ गते

Oct 09 2025 | २०८२, आश्विन २३ गते

नेपाल–भारत जनमैत्री संगठन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान

आइतवार , भाद्र ८, २०८२

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, ८ भदौ । नेपाल–भारत जनमैत्री संगठन जिल्ला शाखा रुपन्देहीले शुक्रबार भैरहवामा शुभकामना आदानप्रदान, दरखाने तथा साँस्कृतिक कार्यक्रम गरेको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका (तीज पर्व) को अवसरमा कार्यक्रम गरिएको संगठनका जिल्ला अध्यक्ष युगराज पाण्डेले बताउनुभयो ।

    कार्यक्रममा संगठनको बारेमा जानकारी गराउँदै नेपाल–भारत जनमैत्री संगठनका अन्तर्राष्ट्रिय सदस्य श्याम लाल खरेलले यो संगठनको मुख्य कार्यालय नेपालको काठमाडौं र भारतको नयाँ दिल्लीमा रहेको बताउनुभयो। उहाँले संगठनले शिक्षाको क्षेत्रमा धेरै काम गरेको जानकारी दिनुभयो । 

    ‘विभिन्न सामाजिक कार्य गर्दै आएका छौं, निकट भविष्यमा मुक्तिनाथमा धर्मशाला बनाउने योजना छ, ’उहाँले भन्नुभयो । खरेलले धर्म–संस्कृतिको जर्गेना गर्न संगठनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाइ थियो ।

    IMG_7203.jpg

    संगठनका जिल्ला अध्यक्ष युगराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व प्रदेश सभा सदस्य रमा अर्याल, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, संगठनका जिल्ला सल्लाहकार विश्वराज बराल (अनुप), हेमराज अर्याल, जिल्ला उपाध्यक्ष गणेश उपाध्याय, सचिव सुनिल कुमार गुप्ता, कोषाध्यक्ष कमला गौतम, सदस्य सुमित्रा घिमिरे सुवेदी, सरिता शर्मा, राधा पौडेल, रतन भण्डारी लगायतको उपस्थिति थियो । 
    कार्यक्रममा समाजसेवी तथा कार्यक्रमको सहयोगी अन्जु गुरुङ्गलाई खादा तथा मायाको चिनोबाट सम्मान गरिएको थियो ।