२०८२, आश्विन २१ गते

Oct 07 2025 | २०८२, आश्विन २१ गते

ब्रिटिस ग्रामर स्कूलमा सुपर प्यारेन्ट्स तीज डान्ससहित तीज महोत्सव

शुक्रवार , भाद्र ६, २०८२

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, ६ भदौ । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कूल रुपन्देहीमा (नमस्ते एकडेमीमा) हरितालिका तीज पर्वको पावन अवसरमा विविध साँस्कृतिक कार्यक्रम, सुपर प्यारेन्ट्स तीज डान्स, दरसहित तीज महोत्सव सम्पन्न  भएको छ ।

    नेपालीहरुको महान तथा मौलिक पर्वका रुपमा रहेको तीजलाई विशेष बनाउने, अभिभावकमा रहेको साँस्कृतिक चेतलाई प्रस्फुटित गराउँदै बालबालिका, अभिभावक र विद्यालयका बीचमा मैत्रीपूर्ण भावना सृजना गर्ने लक्ष्यका साथ यो कार्यक्रम गरिएको हो ।

    यस्तै हराउँदै गएका मौलिक भेषभुषा, संस्कृति र पहिचानको जर्गेना गर्न विशेष भूमिका निर्वाह गर्ने भएकाले यो कार्यक्रम  विशेष  हुने  ब्रिटिस एजुकेसन  ग्रुपका कन्ट्री डाइरेक्टर तथा स्कूल हेड अरुण कंडेलले जानकारी दिनुभयो । ‘साहित्य र संस्कृति समाजका ऐना हुन । बालबालिका यसका बिम्ब हुन् । यसले विद्यार्थीलाई सृजनशील बनाउँछ । जीवन  बुझाइ सफलताको बाटो पहिल्याउँछ । यसै कुरालाई मनन गरी यो कार्यक्रम आयोजना गरिएको हो’ कंडेलले भन्नुभयो । 

    तीज महोत्सवको पहिलो सत्रमा ब्रिटिस ग्रामर स्कूलका प्रिरिप्राइमेरीदेखि कक्षा १० सम्मका विद्यार्थीले तीज गीत, नृत्य र भेषभुषा, कला संस्कृति प्रस्तुत गरेका थिए । दोस्रो सत्रमा अभिभावकले आफ्ना सन्ततिसहित नृत्य तथा संस्कृति प्रस्तुत  गरेको कार्यक्रम संयोजक रोमा शर्माले बताउनुभयो ।  

    सुपर प्यारेन्टस डान्स कम्पिटिसनमा प्रिप्राइमेरीदेखि कक्षा १० सम्मका ५० भन्दा बढी प्यारेन्टको नृत्यमा सहभागीता र ४ सय बढी अभिभावकको उपस्थिति थियो । अभिभावकहरु आफ्ना बालबालिकासँगै नृत्य गरेर स्वयं आफ्नो प्रतिभा, छोराछोरीसितको सामीप्यता व्यक्त गरेका थिए । सुपर प्यारेन्टसहरुलाई मायाको चिनो र दरसहित सम्मान गरिएको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताउनुभयो ।

    विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरको अध्यक्षता, विद्यालयकी निर्देशक पुष्पा कंडेल तथा स्कूल हेड अरुण कुमार कंडेलको विशिष्ट आतिथ्यता रहेको महोत्सवमा तहगत रुपमा कक्षा पिजीदेखि १० सम्मका विद्यार्थीले कार्यक्रम सञ्चालन तथा समन्वय शिक्षिका अम्बिका अर्याल, पूजा थापा र बसन्ता कोइरालाले गर्नुभएको थियो ।

    मोफसलको एक मात्रै  प्रोग्रेसिभ तथा क्यम्ब्रिज विद्यालयको रुपमा रहेको यस विद्यालयमा दैनिक रुपमा पिरियडगत रुपमा अतिरिक्त क्रियाकलापसहित पठनपाठन हुने गर्दछ । आगामी आइतबार पनि कक्षा ११ मा अध्ययनरत विद्यार्थीको स्वागत र कक्षा १२ उत्तीर्ण  विद्यार्थीको ग्रेजुएसन कार्यक्रम टाइगर प्यालेस बाइ सोल्टीमा राखिएको छ । यस वर्षको  कक्षा १२ को व्यवस्थापन संकायको नतिजा शतप्रतिशत र विज्ञान संकायको ९६ प्रतिशत ल्याइ तिलोत्तमा नगरपालिका प्रथम भएको सह–प्राचार्य उमेश कंडेल र महेश पौडेलले जानकारी दिनुभयो ।