२०८२, आश्विन २१ गते

Oct 07 2025 | २०८२, आश्विन २१ गते

आस्था महिला उद्यमी संघद्वारा आमा तीज नृत्य प्रतियोगिता

शुक्रवार , भाद्र ६, २०८२

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, ६ भदौ । आस्था महिला उद्यमी संघ, सिद्धार्थनगर नगरपालिका–९ उदयपुर, रुपन्देहीले आमा तीज नृत्य प्रतियोगिता–२०८२ सम्पन्न गरेको छ । प्रतियोगिताको एक कार्यक्रमकाबीच ॐ साई नर्सिङ क्याम्पसकी अध्यक्ष तथा लायन्स डिष्ट्रिक ३२५ (पी) को सेकेण्ड भाईस डिष्ट्रिक गभर्नर मीना पन्थीले उद्घाटन गर्नुभएको थियो ।

    सो अवसरमा बोल्दै पन्थीले महिलाको भूमिकालाई प्रशंसा गर्दै महिलाहरुले आफूभित्रको प्रतिभा देखाएर समाजलाई सन्देश दिने काम गर्नुभएको बताउनुभयो । उहाँले महिलाहरुको महान पर्व हरितालिका तीज केवल रमाइलोको माध्यम मात्र नभइ महिला सशक्तिकरण र संस्कृतिको पहिचानलाई जर्गेना गर्ने अवसर पनि भएको बताउनुभयो । 

    bbnn.jpg

    त्यस्तै आस्था महिला उद्यमी संघकी अध्यक्ष मिनिता थापाले तीज पर्वलाई संस्कृतिको संरक्षण र महिला उद्यमशीलतालाई सशक्त बनाउन सकिने अवसरका रुपमा मनाउनुपर्ने बताउनुभयो । संघकी निवर्तमान अध्यक्ष बिन्दु न्यौपानेले आस्था महिला उद्यमी संघले आयोजना गर्ने यस्ता कार्यक्रमहरुले महिलाहरुको प्रतिभा उजागर गर्नुका साथै आत्मविश्वास बढाउने काम गर्दै आएको बताउनुभयो ।

    कार्यक्रम संयोजक तथा आस्था महिला उद्यमी संघकी कार्यसमिति सदस्य सम्झना रेग्मीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठ, सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, समाजसेवी ज्ञानु पौड्याल, संघको सल्लाहकार चन्द्रमा कुवर, आस्था महिला उद्यमी संघका वरिष्ठ उपाध्यक्ष माया खनाल, रूपमा हिराचन, माया सारुमगर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा १६ जना आमाहरुले तीजको पारम्परिक गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । तीमध्ये सुस्मा आले प्रथम, सिमु रसाइली द्वितीय, पुष्पा रसाइली तृतीय र प्रतिमा घिमिरले सान्त्वना स्थान हासिल गर्नुभएको थियो ।

    कार्यक्रममा संघको महासचिव पवि खनाल, उपाध्यक्ष माया शर्मा खनाल, लक्ष्मी अधिकारी, कल्पना न्यौपाने, सचिव उषा बेल्बासे, उषाकिरण गुरुङ, चन्द्रमा कँुवर, सीता भण्डारी लगायत कार्यसमिति सदस्यहरुको सहभागीता थियो ।