२०८२, आश्विन २१ गते

Oct 07 2025 | २०८२, आश्विन २१ गते

चेम्बर अफ कमर्स रुपन्देहीद्वारा सरसफाई

शुक्रवार , भाद्र ६, २०८२

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, ६ भदौ । चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) ले सरसफाई कार्यक्रम गरेको छ । संस्थाको १८ औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशनको पूर्व संध्यामा शुक्रबार बिहान कार्यक्रम गरिएको महासचिव लक्ष्मी अधिकारीले बताउनुभयो । सिद्धार्थनगर नगरपालिका–९ स्थित उदयपुर क्षेत्रमा सरसफाई गरिएको हो ।

    संस्थाले वार्षिक कार्ययोजना अनुसार सामाजिक कार्यहरु पनि गर्दै आएको चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले बताउनुभयो । उहाँले सरसफाई कार्यक्रमले जनचेतना समेत फैलाउने बताउनुभयो । उहाँले फोहोरमैला व्यवस्थापन आवश्यक रहेकोमा जोड दिनुभयो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का कार्यबाहक वडाअध्यक्ष बसन्त भट्टराईले चेम्बर अफ कमर्स, रुपन्देहीले राम्रो कार्यक्रम गरेको बताउनुभयो । उहाँले यो संस्थासँग आगामी दिनमा पनि वडा कार्यालयले हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो ।

    537801488_1436944971306747_6096031223556815248_n.jpg

    चेम्बर अफ कमर्स, रुपन्देहीका सचिव एवं प्रवक्ता कृष्ण प्रसाद पाण्डेको सञ्चालनमा भएको पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारी, खिम बहादुर खत्री, कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सचिन रोक्का, वाणिज्य उपाध्यक्ष राम मिलन यादव, सचिव गौतम कुमार गुप्ता, कोषाध्यक्ष सुरेन्द्र पाण्डे, सचिवालय सदस्य धिरज मल्लिक, राम प्रसाद भण्डारी, कार्यसमिति सदस्य कृष्ण प्रसाद मरासिनी, सल्लाहकार दीपक बहादुर कुँवर, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष राम प्रसाद पोखरेल लगायतको उपस्थिति थियो।

    IMG_1425.JPG

    चेम्बर अफ कमर्स, रुपन्देहीको १८ औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशन भदौ ७ गते शनिबार (भोली) भैरहवामा हुँदैछ ।