२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

ब्रिटिस ग्रामर स्कूलमा सुपर प्यारेन्ट्स तीज डान्स कम्पिटिसन हुने

बिहिवार , भाद्र ५, २०८२

  • 235
    Shares
  • 235
    Shares
  • भैरहवा, ५ भदौ । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कूल रुपन्देहीमा (नमस्ते एकडेमीमा) हरितालिका तीज पर्वको पावन अवसरमा शुक्रबार विविध तीज साँस्कृतिक कार्यक्रमसहित सुपर प्यारेन्टस तीज डान्स कम्पिटिसन हुने भएको छ । 

    विद्यार्थीमा तीज नृत्य, गायन र यसको साँस्कृतिक महत्व बुझाउने तथा विद्यार्थी  र अभिभावकबीच सुमधुर सम्बन्ध स्थापित गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको ब्रिटिस एजुकेसन ग्रुपका स्कूल हेड अरुण कंडेलले जानकारी दिनुभयो ।

    ‘तीज पर्व नेपाली नारीहरुको महत्वपूर्ण पर्व हो । यसले दाजुभाइ र दिदीबहिनीका बीचमा, महिला र पुरुषका बीचमा तथा आफन्तहरुका बीचमा भातृत्व, एकता र सौहार्दपूर्ण वातावरण सिर्जना गर्न कोशेढुंगाको काम गर्दछ । हाम्रा  हराउँदै  गएका मौलिक भेषभुषा, संस्कृति  र पहिचानको जगेर्ना गर्न विशेष भूमिका निर्वाह गर्ने भएकाले यो कार्यक्रम  विशेष हुन्छ, ’विद्यालयका शैक्षिक सह–प्राचार्य महेश पौडेल क्षेत्रीले भन्नुभयो ।
    ‘साहित्य र संस्कृति समाजका ऐना हुन । बालबालिका यसका बिम्ब हुन । यसले विद्यार्थीलाई सृजनशील बनाउँछ । जीवन बुझाइ सफलताको बाटो पहिल्याउँछ । यसै कुरालाई मनन गरी यो कार्यक्रम आयोजना गरिएको हो, ’विद्यालयका प्रशासनिक सहप्राचार्य उमेश कंडेलले भन्नभुयो ।

    तीज महोत्सवको पहिलो सत्रमा ब्रिटिस ग्रामर स्कूलका प्रि–प्राइमेरीदेखि कक्षा  १० सम्मका विद्यार्थीले तीज गीत, नृत्य र भेषभुषा, कला संस्कृति  प्रस्तुत गर्नेछन भने दोस्रो सत्रमा शिक्षक, अभिभावकले आफ्ना सन्ततीसहित नृत्य तथा संस्कृति प्रस्तुत गर्ने कार्यक्रम  संयोजक रोमा शर्माले बताउनुभयो ।

    मोफसलमा एक मात्रै प्रोग्रेसिभ विचार र शिक्षण पद्दतिसहित स्थापित भएको यस विद्यालयले विद्यार्थी केन्द्रित शिक्षणका साथसाथै नेपाली  कला, संस्कृत र भेषभुषालाई विशेष महत्व दिदै आएको जनाएको छ । हरेक महिनाको अन्तिम शुक्रबार साँस्कृतिक  र जातीय पोशाकमा पठनपाठन हुने गर्दछ । सुपर प्यारेन्टस डान्स कम्पिटिसनमा पि–्रप्राइमेरीदेखि कक्षा १० सम्मका ५० भन्दा बढी प्यारेन्टस सहभागीताका लागि नाम दर्ता गराउनुभएको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताउनुभयो ।