२०८३, जेठ १३ गते

May 27 2026 | २०८३, जेठ १३ गते

जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी चढेको गाडी प्यूठानमा दुर्घटना

बुधवार , बैशाख १, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • गुल्मी, १ वैशाख ।

    जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीहरू सवार गाडी प्यूठानको स्वर्गद्वारी नजिकै दुर्घटना भएको छ । नयाँ वर्षको दिन पारेर धार्मिक तीर्थस्थल स्वर्गद्वारी घुम्न निस्किएका कर्मचारी सवार लु १ च १६५५ नम्बरको सफारी गाडी दुर्घटनामा परेको हो ।
    स्वर्गद्वारी नगरपालिकाको भिङ्ग्रीकोटदेखि माथि पानीमाथी भन्ने ठाउँमा सो दुर्घटना भएको जनाइएको छ ।

    हालसम्म दुई जनाको शव फेला परेको छ भने १२ जनालाई उपचारका लागि भिङ्ग्री प्राथमिक स्वास्थ्य चौकीमा पठाइएको छ । त्यस्तै घाइतेहरुको उद्धार कार्य चलिरहेको छ । मृत्यु भएका व्यक्तिको सनाखत भएको छैन ।

    उक्त गाडीमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्य पन्थी, खरिदार किशोरी भण्डारी, सुनिता कँडेल, तारा थापा, रेमलाल पन्थी, दिल बहादुर थापा, सन्दिप परियार लगायत सवार रहेको बताइएको छ । घटनास्थलमा उद्दारको निम्ति स्थानीयवासी, नेपाल प्रहरी र नेपाली सेना परिचालन गरिएको प्रहरीले जनाएको छ ।