२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

राजनीतिक दलहरुभित्र विकृति, विसंगति फस्टायो : पूर्वराष्ट्रपति भण्डारी

बिहिवार , भाद्र ५, २०८२

  • 310
    Shares
  • 310
    Shares
  • काठमाडौं, ५ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुभित्र विकृति, विसंगति फस्टाएको बताउनुभएको छ ।

    बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिमा रहेको विकृतिलाई समाधान गर्न राजनीतिक दलहरुले नसकेको बताउनु भयो । उहाँले सरकारले सुशासन प्रवद्र्धन गर्न नसकेको बताउँदै राजनीतिक दल अहिलेको प्रणालीअनुसार अघि बढ्न नसकेको बताउनु भयो ।

    संसद अहिले निरीह थलो भएको बताउनु भयो । उहाँले कानूनहरु समयानुकुल कस्तो बनाउनुपर्ने भन्नेकुरामा ध्यानपूर्वक अध्ययन नै नभएको जिकिर गर्नुभयो । ठूला दलहरु आफैँले अहिलेको संविधानमा प्रश्न उठाएर संविधान संशोधन गर्ने सहमति गरेपनि संविधानमा के अभाव रह्यो, के आवश्यकता छ भनेर छलफल हुन नसकेको बताउनु भयो ।

    पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, ‘राजनीतिक दलहरुभित्र विकृति, विसंगति फस्टाएको छ । त्यो पनि फस्टाइरहेको छ । त्यसलाई समाधान गर्न सकिरहेका छैनन् । सुशासन प्रवद्र्धन गर्न सकिरहेका छैनन् । राजनीतिक दल एउटा प्रणालीमा जसरी जानुपर्ने हो, त्यो जान सकेको छैन । राज्यका संयन्त्रहरु पनि जुन प्रणालीमा सञ्चालन हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन ।

    अहिले संसदीय अभ्यासको कुरा गर्दा संसद नै एउटा निरिह थलो भएर बसिरहेको छ । कानूनहरु समयानुकुल कस्तो बनाउनुपर्ने भन्नेकुरामा ध्यानपूर्वक अध्ययन गरिरहेको छैन । ठूला दलहरु आफैँले अहिलेको संविधानमा प्रश्न उठाए । र संविधान संशोधन गर्नुपर्छ भनेर सहमति गरेका छन् तर पनि संविधानमा के अभाव रह्यो, के आवश्यकता छ भनेर छलफल हुन सकिरहेको छैन ।

    कुनै व्यक्तिलाई केही आरोप लाग्यो आरोप लगोको छ, पुष्टि भएको छैन, उ बोल्न पाउँदैन, निलम्वित भइहाल्छ, के यही हो न्याय ? कसैले आरोप लगायो भन्दैमा जनप्रतिनिधिहरु निलम्वनमा परिहाल्ने व्यवस्था कस्तो लोकतन्त्र हो ? कुनै आरोप पुष्टि नहुन्जेलसम्म निलम्वनमा पार्नु राम्रो होइन ।’

    पूर्वराष्ट्रपति भण्डारीले शिक्षा सम्बन्धी समस्या नेपालमा ठूलो समस्या रहेको बताउनु भयो ।