२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

शुक्रबार ब्रह्माकुमारी ईश्वरी विश्व विद्यालय भैरहवामा बृहत रक्तदान कार्यक्रम

बिहिवार , भाद्र ५, २०८२

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, ५ भदौ । ब्रह्माकुमारी ईश्वरी विश्व विद्यालयका पूर्व अन्तर्राष्ट्रिय मुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिको १८ औं पुण्य स्मृति तथा विश्व बन्धुत्व दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । विश्वव्यापी रुपमा एवं देशभरीका ब्रह्माकुमारीज संस्थाहरुमा भदौ ६ देखि ९ गतेसम्म कार्यक्रम सञ्चालन हुँदैछ ।

    ब्रह्माकुमारी ईश्वरी विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल क्षेत्रीय कार्यालय भैरहवामा भदौ ६ गते शुक्रबार (भोली) बिहान ७ः३० बजेदेखि रक्तदान कार्यक्रम सञ्चालन हुने क्षेत्रीय प्रमुख ब्रह्माकुमारी शान्ति दिदीले बताउनुभयो । 

    नेपाल रेडक्रस सोसाईटी भैरहवाको प्राविधिक सहयोगमा हुने कार्यक्रममा १ सय बढी यूनिट रगत संकलन गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । उहाँले कार्यक्रममा बढी भन्दा बढी रक्तदाताहरुको सहभागीता हुने विश्वास व्यक्त गर्नुभयो । ‘चार दिनमा विश्व विद्यालयका शाखा, उपशाखाबाट गरी १ लाख बढी यूनिट रगत संकलन गर्ने लक्ष्य रहेको छ, ’उहाँले भन्नुभयो ।

    कार्यक्रमबारे जानकारी दिन भैरहवामा आयोजित पत्रकार सम्मेलनमा ब्रह्माकुमारी ईश्वरी विश्व विद्यालयका केन्द्रीय सचिव ब्रह्माकुमार भुपेन्द्र अधिकारीले सिद्धार्थनगर नगरपालिका–१२ जनतापथ (भैरहवा) स्थित क्षेत्रीय कार्यालयमा रक्तदान कार्यक्रम हुने बताउनुभयो ।