२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

नगरस्तरीय तीज गीत प्रतियोगितामा सहनशिल आमा समूह प्रथम

बिहिवार , भाद्र ५, २०८२

  • 341
    Shares
  • 341
    Shares
  • बुटवल, ५ भदौ । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ६ वडा कार्यालय, अन्नपूर्ण माध्यमिक विद्यालय बुटवल तथा महिला समानताका लागि संचार अभियानद्वारा सञ्चालित सामुदायिक रेडियो मुक्तिको संयूक्त आयोजनामा बुधबार सामाजिक सचेतना विषयक नगरस्तरीय तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । 

    प्रतियोगितामा सहनशिल आमा समूह बुटवल–६ प्रथम, प्रतियोगी समूह बुटवल–७ द्वितीय र प्रतियोगी समूह बुटवल–१० तृतीय स्थान हासिल गरेको छ । प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः १५ हजार, १० हजार र ७ हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।  प्रतियोगितामा सहभागी सबै समूहलाई प्रोत्साहनस्वरुप नगद रु. १ हजार  र प्रमाणपत्र प्रदान गरिएको छ । 

    प्रतियोगितामा विजेता समूहलाई बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष लोकनाथ न्यौपाने, विद्यालयका प्राचार्य मित्रमणि आचार्य, रेडियो मुक्तिका उपाध्यक्ष कविता अर्याल, निवर्तमान अध्यक्ष्, सल्लाहकार गुमादेवी आचार्य जनप्रतिनिधिले  पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रतियोगितामा १२ टोली सहभागी थिए । 

    कार्यक्रमका प्रमुख अथिति तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले तीजलाई एक–दुई ठाउँमा मात्रै आयोजना गर्नुपर्ने बताउँदै समय व्यस्त हँुदा कार्यालयका काम रोकिने अवस्था आएको बताउनुभयो । 

    विशिष्ट अथिति उपप्रमुख सावित्रादेवी अर्यालले अब लोकतन्त्र र अधिकारलाई समेटेर तीजका गीत गाउनुपर्ने बताउनुभयो । उहाँले तीज एउटा महिलाको संघर्षको पर्व भएकाले अवसरका रुपमा लिनुपर्ने बताउनुभयो।

    बुटवल–६ का वडाअध्यक्ष लोकनाथ न्यौपानेले बतीजको मौलिक संस्कृति स्थापित गर्न र सामाजिक सचेतना अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गरेकोे बताउनुभयो ।  

    कार्यक्रममा वातावरणीय सुन्दर नेपाल प्रालि, सफ्टी हाइजिन प्रा.लि,ग्लोबल आईएमई बैंक शाखा कार्यालय राममन्दिर लाईनको सहकार्य रहेको थियो ।  

    लोक तथा दोहारी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशका सचिव लोक तथा दोहोरी गायक योगराज पोख्रेल संयोजक र सदस्यमा गायिका रितु थापा र शिक्षक राधा पन्थी रहनुभएको थियो । सामुदायिक रेडियो मुक्ति बुटवलका स्टेशन म्यानेजर कल्पना तिवारी र समाचार प्रमुख अस्मिना पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।