
बुधवार , भाद्र ४, २०८२
काठमाडौं, ४ भदौ । पाकिस्तानमा गत २४ घण्टामा मनसुनी वर्षामा ४६ जनाको मृत्यु भएको छ । जुन २६ मा मनसुनी मौसम शुरु भएदेखि वर्षासँग सम्बन्धित मृत्यु हुनेको संख्या ७०६ पुगेको छ ।
देशको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले मंगलवार आफ्नो पछिल्लो स्थिति प्रतिवेदनमा यसबारे जानकारी गराएको हो । धेरैजसो मृत्यु भारी वर्षापछि घर र छाना भत्किँदा भएको हो । अरू केही आकस्मिक बाढी, पहिरो, विद्युतीय करेन्ट र चट्याङका कारण भएको हो । खैबर पख्तुनख्वा मनसुनमा सबैभन्दा बढी प्रभावित रह्यो जसमा ४ सय २७ जनाको मृत्यु भएको छ ।
प्राधिकरणले मनसुनी वर्षाले देशभर पूर्वाधार र निजी सम्पतीमा व्यापक क्षति पु¥याएको छ । जुन २६ देखि, २ हजार ९ सय ३४ भन्दा बढी घरहरू क्षतिग्रस्त भएका छन् । १ हजार १ सय ८ पशुधन मरेका छन् । लगभग ४ सय ५१ किलोमिटर सडक र १ सय ५२ पुलहरू पनि प्रभावित भएका छन् । जसमा खैबर पख्तुनख्वा र पाकिस्तान नियन्त्रित कश्मीरले विनाशको मार खेप्नु परेको छ ।
अधिकारीहरूले आगामी दिनहरूमा थप वर्षा हुने चेतावनी दिएका छन् । जोखिममा रहेका क्षेत्रका बासिन्दाहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij