२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

राधाकृष्ण मन्दिर समितिमा नयाँ नेतृत्व चयन

बुधवार , भाद्र ४, २०८२

  • 606
    Shares
  • 606
    Shares
  • बुटवल, ४ भदौ । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगर स्थित राधाकृष्ण मन्दिर समितिमा नयाँ नेतृत्व चयन भएको छ । समितिको २३ औं साधारणसभा तथा ७ औं अधिवेशनले गोपाल प्रसाद न्यौपानेको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

    समितिको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद अर्याल, उपाध्यक्षमा डम्बरदेव न्यौपाने, नमराज चापागाईं, सचिवमा हुमबहादुर जिसी, कोषाध्यक्षमा होमनाथ उपाध्याय, सह–सचिवमा सरिता लम्साल र सह–कोषाध्यक्षमा गोमा ज्ञवाली रहनुभएको छ । त्यस्तै कार्यसमिति सदस्यहरुमा गेहेन्द्रराज न्यौपाने, हुमनाथ तिवारी, संगीता पराजुली, भगवती पाण्डे, सन्तोष कुमार काफ्ले, राधिका खनाल, गीता पन्थी, सीता पाण्डे, नारायण प्रसाद भण्डारी र यमकला पाण्डे रहनुभएको छ । 

    त्यसै गरी अधिवेशनले मोहन प्रसाद भण्डारी संयोजक तथा नारायणप्रसाद भुसाल र भवानी प्रसाद उपाध्याय सदस्य रहेको लेखा समिति समेत चयन गरेको छ । अधिवक्ता बाबुराम पाण्डे संयोजक तथा लक्ष्मण प्रसाद अर्याल र दीपक प्रसाद घिमिरे सदस्य रहेको निर्वाचन समितिले नयाँ नेतृत्व चयनमा सहजीकरण गरेको हो । 

    नवनिर्वाचित कार्यसमितिलाई वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनी, समितिका निवर्तमान अध्यक्ष जीवनारायण पौडेललगायले बधाई तथा शुभकामना व्यक्त गर्दै मन्दिरको वृहत्तर विकासका लागि थप रचनात्मक काम हुने विश्वास व्यक्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष गोपाल प्रसाद न्यौपानेले राधाकृष्ण मन्दिरलाई धार्मिक तथा साँस्कृतिक दृष्टिले अझ व्यवस्थित बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।