२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

रुपन्देहीमा ६ केजी गाजासहित एकजना पक्राउ

बुधवार , भाद्र ४, २०८२

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, ४ भदौ । रुपन्देही प्रहरीले लागूऔषध (गाजा) सहित एकजनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १२ भबई बस्ने ४३ वर्षिय प्रशुराम लोध रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिनुभयो ।

    ‘लुम्बिनी साँस्कृतिक नगरपालिका–१२ स्थित भबईमा अवैध लागूऔषध (गाजा) लुकाईछिपाई राखिएको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले अन्दाजी ६ केजी गाजासहित प्रशुरामलाई सोमबार नियन्त्रणमा लिएको छ, ’उहाँले भन्नुभयो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...