२०८२, आश्विन १७ गते

Oct 03 2025 | २०८२, आश्विन १७ गते

लायन्स क्लब अफ बुटवलद्वारा ६ हजार विद्यार्थीको आँखा परीक्षण

सोमवार , भाद्र २, २०८२

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • बुटवल, २ भदौ । लायन्स क्लब अफ बुटवल लायनेन्स क्लब अफ बुटवल र लियो क्लब अफ बुटवलको संयुक्त आयोजनामा सोमबार बुटवलस्थित कान्ति माध्यमिक विद्यालयमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । वर्ष २०२५/२६ मा २५ हजार जनाको आँखा परीक्षण गर्ने अभियान अन्तरगत कान्ति माध्यमिक विद्यालयमा शिविर आयोजना गरी कार्यक्रमको सुरुवात गरिएको क्लबले जनाएको हो ।

    शिविरको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्य तथा सामाजिक क्षेत्रमा लायन्स क्लबले खेलेको भूमिकाप्रति प्रशंसा गर्नुभयो । विशेष गरी बुटवलमा आँखा अस्पतालको स्थापना र सञ्चालन तथा विभिन्न सामाजिक क्षेत्रहरुमा लगानी जुटाउने अभियान क्लबको भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

    क्लबले एक वर्षको कार्ययोजनामा आफ्ना सेवा क्षेत्रभित्र रहेका २५ हजार जनाको निःशुल्क आँखा परीक्षण गर्ने लक्ष्य राखेको क्लबका अध्यक्ष प्रतिक पोख्रेलले जानकारी दिनुभयो । सो अभियान अन्तरगत सोमबार कान्ति माविमा रहेका ६ हजार विद्यार्थीको आँखा परीक्षण गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

    सो अवसरमा बोल्दै क्लबका संस्थापक सचिव तथा प्रमुख सल्लाहकार जीवनप्रसाद वझाले अभियानको स्वागत गरे । कान्ति मावि व्यवस्थापन समितिको अध्यक्ष समेत रहनुभएका वझा आफ्नो विद्यालयबाट अभियानको सुरुवात भएकोमा खुसी व्यक्त गर्नुभयो ।

    बुटवल लायन्स आँखा अस्पतालका सभापति रामेश्वर प्रसाद श्रेष्ठ, पिडिजी पिएम जेएफ अर्जुनमान शैंजु, कान्ति माविका प्रधानाध्यापक गोविन्द ज्ञवाली, लायनेन्स क्लब अफ बुटवलका अध्यक्ष लक्ष्मी श्रेष्ठ, लियो क्लब अफ बुटवलका अध्यक्ष सागर भुसाल लगायतले बोल्दै थप सिर्जनशिल कार्यमा सक्रिय हुन आग्रह गरे । क्लबका सचिव उमेश अमात्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।