२०८३, जेठ ९ गते

May 23 2026 | २०८३, जेठ ९ गते

युसीएमएस र लुम्बिनी नेत्रालयबीच सम्झौता, शैक्षिक क्रियाकलापमा सहकार्य गरिने

सोमवार , भाद्र २, २०८२

  • 5.5K
    Shares
  • 5.5K
    Shares
  • भैरहवा, २ भदौ । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) शिक्षण अस्पताल, भैरहवा र लुम्बिनी नेत्रालय प्रा.लि. बीच आँखा उपचारको क्षेत्रमा शैक्षिक तथा अनुसन्धानात्मक गतिविधिलाई सहकार्य गरी अघि बढाउने सम्झौता भएको छ । 

    सम्झौता अनुसार युसीएमएस शिक्षण अस्पताल तथा लुम्बिनी नेत्रालयले आ–आफ्ना विशिष्टीकृत अत्याधुनिक सेवाहरुको ज्ञान तथा सीपलाई एक–अर्कामा साटासाट गर्ने, शैक्षिक क्रियाकलापमा सहकार्य गर्ने, आँखाको उपचारमा आउने चुनौतीहरुलाई मिलेर सम्बोधन गर्ने विषयहरु समेटिएका छन् ।

    सम्झौता कार्यक्रममा युसीएमएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस., प्राचार्य लक्ष्मी पाठक, लुम्बिनी नेत्रालयका अध्यक्ष सनत कुमार श्रेष्ठ, प्रबन्ध निर्देशक हिरा बहादुर शाह, चिफ मेडिकल डाइरेक्टर डा.सन्तोष सुवेदीको उपस्थिति रहेको थियो ।

    आँखादानको सम्पूर्ण प्रक्रियाको व्यवस्थापन गर्ने, रेटिनोपेथी अफ प्रिम्याचुरिटी (Retinopathy Of Prematurity) को उपचारमा सहजता ल्याउने, मधुमेह तथा उच्च रक्तचापबाट आँखामा पर्ने असर तथा प्रभावको उपचार, आगामी दिनमा सामाजिक क्षेत्र अन्तर्गत स्वास्थ्य शिविरहरुको आयोजना तथा आँखाको क्षेत्रमा तालिम, गोष्ठी, कार्यशाला आयोजना गर्ने, दुवै संस्थामा कार्यरत कर्मचारीहरु तथा उपचाररत बिरामीहरुका लागि विशेष छुट दिइने सम्झौतामा उल्लेख छ ।