२०८२, आश्विन १६ गते

Oct 02 2025 | २०८२, आश्विन १६ गते

पत्रकार महिलाको तीज

भड्किलो नबनाई पनि मनाउन सकिन्छ तीज

सोमवार , भाद्र २, २०८२

  • 6.8K
    Shares
  • 6.8K
    Shares
  • भैरहवा । हरितालीका तीजलाई नेपाली नारीहरुको महान पर्वको रुपमा लिईन्छ । आम महिलाहरुले तीजलाई महान पर्व र उत्साहको रुपमा मनाउने गर्दछन् । तीज भन्ने बित्तिकै नयाँ सारी, चोलो, शीरदेखी पाउँसम्म गहना चुरा पोतेले झपक्क हुने सोच्थ्यौ । केहि समय पहिले देखि हामीले भोग्दै र देख्दै आएको तीज अहिले फेरिएको महसुस गर्न थालिएको छ । 

    सधैजसो तडक भडक देखिने तीज भदौ १ गते क्रियाशिल पत्रकार महिला डब्लुडब्लुजे रुपन्देहिले आयोजना गरेको तीज कार्यक्रम भने अलि फरक तरिकाको मनाईएको छ । उक्त कार्यक्रमको दृश्यले तीजलाई भड्किलो नबनाई, सभ्य तरिकाले पनि मनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । 

    मनोरन्जन मनबाट हुनुपर्छ, बाहिरी आवरणमा सजिएर समाजलाई अतिरन्जित बनाउनु भन्दा साधारण पहिरण र साधारण सजावटमा पनि तीज मनाउन सकिन्छ भन्ने हाम्रो कार्यक्रमको प्रमुख उद्धेश्य थियो डब्लुडब्लुजेकी अध्यक्ष कल्पना तिवारीले भन्नुभयो । कार्यक्रममा उपस्थित सम्पूर्ण पत्रकार महिला साधारण पहिरन आएका थिए । 

    कार्यक्रमकी प्रमुख अतिथी तथा इनर्वहिल क्लव अफ बुटवलका अध्यक्ष बुलबुल श्रेष्ठले आफूले महिलाहरु र समाज परिवर्तनको लागि सामाजिक काम गरिरहेको बताउनु भयो । उहाँले तीजलाई भड्किलो बनाउनु भन्दा सबैलाई सन्देश दिने गरी सामान्य तरिकाले मनाउनु निकै राम्रो भएको बताउनु भयो । 

    कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार माया गौतमले पहिला पहिला पत्रकार महिला भन्दा मान्छे अचम्म पर्ने गरेको उल्लेख गर्दै अहिले यसरी पत्रकार महिलाहरुको समुहनै भएर काम गर्न तथा रमाउन पाउँदा असाध्यै खुसि लागेको बताउनु भयो । सो अबसरमा बोल्दै नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य रेखा भुसालले समाज रुपान्तरणका लागि महिललाहरु आर्थिक रुपमा सवल बन्नु पर्ने बताउनुभयो । ‘आफूले लगाउने चुरा पोते किन्ने पैसा श्रीमान्संग माग्ने अनि हिसाब बुझाउने गर्ने होईन, महिला पनि पुरुष सरह काम गर्न र अगाडी बढ्नु पर्छ, भुषालले भन्नुभयो । 

    क्रियाशिल पत्रकार महिला लुम्बिनी प्रदेशका उपाध्यक्ष भगवती पाण्डेले तीज भड्किलो भयो भन्ने कुराहरु आईरहेको बताउदै यसलाई हामी महिलाहरुले नै चिर्दै जानुपर्ने बताउनु भयो । 

    भड्किला महङ्गा सारी चोलो र गहना नलगाई आफ्नो संस्कार झल्कने गरीपनि तीज मनाउन सकिन्छ, उहाँले भन्नुभयो हामीले सुधार गरे समाज परिवर्तन गर्न पनि सहज हुन्छ ।  

    सधै काममा व्यस्त हुने दिदि बैनीहरु जम्मा भएर दुख सुख साट्दै तीजमा रमाउन पाउदा कार्यक्रममा सहभागि पत्रकार महिलाको मुहारमा खुसीयाली छाएको थियो ।