२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

जलवायु परिवर्तनले कुनै देश, भूगोल र राजनीतिक दल चिन्दैन : परराष्ट्रमन्त्री

सोमवार , भाद्र २, २०८२

  • 391
    Shares
  • 391
    Shares
  • काठमाडौं, २ भदौ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि राष्ट्रिय एजेण्डाका रुपमा कानून बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

    हिन्दकुश हिमालय क्षेत्रका देशका सांसदहरुको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तन कुनै भूगोल र सीमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको सङ्कट भएकाले यस समस्याको समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक रहेको बताउनु भयो ।

    जलवायु परिवर्तनको समस्या मानव सभ्यताका खिलाफको साझा समस्या भएको बताउँदै यसले कुनै देश, भूगोल, राजनीतिक दललाई नचिन्ने उल्लेख गर्नुभयो । जलवायु सङ्कट अब भविष्यको पूर्वानुमान मात्र नभएर दैनिक अनुभूत गर्ने वास्तविकता बनेको जिकिर गर्नुभयो । सबैले राष्ट्रिय एजेण्डाका रुपमा कानून बनाउन, स्रोत–साधन परिचालन गर्न र सरकारलाई जवाफदेही बनाउन भुमिका खेल्नुपर्ने आवश्यकता औंल्याउनु भयो । 

    उहाँले जलवायु परिवर्तन, जैविक विविधताको क्षय, स्वच्छ हावामा ह्रास र अन्य वातावरणीय समस्यमा केवल सरकारको मात्र प्रयास पर्याप्त नहुने स्पष्ट पार्नुभयो ।