२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

भारत नियन्त्रित जम्मू कश्मीरमा बादल फुट्दा ७ जनाको मृत्यु

सोमवार , भाद्र २, २०८२

  • 486
    Shares
  • 486
    Shares
  • काठमाडौं, २ भदौ । भारत नियन्त्रित जम्मू कश्मीरको कठुआ जिल्लाको जोध घाटी क्षेत्रमा बादल फुट्दा पाँच बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

    आईतवार बिहान ३ः३० देखि ४ः०० बजेको बीचमा बादल फुट्दा बाढी र पहिरो गएको थियो । प्रभावित क्षेत्रबाट पीडितहरूलाई बाहिर निकाल्न उद्धार कार्य गरिएको थियो ।

    गत हप्ताको शुरुमा भारत नियन्त्रित जम्मू कश्मीरको किश्तवार जिल्लाको एउटा गाउँमा बादल फुट्दा कम्तिमा ६० जनाको मृत्यु भएको थियो । लगभग एक सय जना बेपत्ता भएका थिए ।